भ्रष्टचारका विषयमा हदबन्दी राम्रो होइनः राज्य व्यवस्था समिति सभापति ,रामहरी खतिवडा

  • साउन ३२, २०८१
  • ६१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संसदीय राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले वर्तमान सरकारले भ्रष्टचारका विषयमा हदबन्धी राख्ने प्रावधान ल्याउन खोजेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले शुसासनका लागि जनताका पक्षमा कानुनहरु निर्माण गर्नुपर्ने जरुरी रहेको बताएका हुन् । खतिवडाले भने– ‘जनतामा निरासा छ । दुई वटा ठूला पार्टी मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारका प्रधानमन्त्रीले आफु नियुक्त भइरहदा पहिलो प्रतिवद्धता प्रधानमन्त्री ज्युले देशलाई शुसासन दिने परिकल्पनाका कुराहरु गर्नु भएको छ । म उहाँलाई शुभकामना दिन चाहन्छु । जनतामा केही गरेर काम अब ढिला नगरी गर्न अनुरोध गर्दछु ।’उनले कार्यकारी प्रमुख, संस्थाका प्रमुख, विभागीय प्रमुख, मन्त्रालयका प्रमुखहरु जे हुनुहुन्छ आफ्नो ठाउँबाट कानुन संवत रुपमा जनतालाई दुख नदिने गरी सहि निर्णय गर्ने हो भने शुसासन टाढा नभएको बताएका छन् । उनले विगतमा भएको एनसेल काण्डको विषय स्मरण गर्दै जसले बदमासी गर्छ त्यो नै पहिले सबै नेतृत्वमा पुग्ने गरेको बताए । सोहि कारण काम गर्ने वातावरण सृजना गर्न अफ्ठेरो रहेको पनि उनले बताएका छन् । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेट र ट्रङलाईनको विवादका विषयमा उनले भने– ‘कसैको पनि आट होला ? नेपाली जनताहरु १८ घण्टा अन्धकारमा बसेका वेला २४ घण्टा उद्योग धन्दालाई विजुली दिने अनि त्यो वापतको पैसा दिनुहोस् भन्दा पैसा दिनौं भन्ने । जति प्रयोग गरेको छ प्रयोग गरेको सबै पैसा व्यापारीहरुहरुले बुझाउनै पर्छ । विभिन्न वाहानामा यसलाई रोक्न पाइदैन ।’ उनले उद्योगीहरुले विजुली प्रायोग गरे वापतको रकम जुनसुकै हालतमा पनि तिर्नुपर्ने अडानसमेत राखेका छन् । प्राधिकरणले विद्युतको विल तिर्न राखेका विषय कहि कतै गलत नभएको समेत बताए । २/४ हजार रकम नदिर्ता लाइन काटिने तर लाखौं करोडौं हुँदै अर्व पुगेपछि जोडिने पद्दतीको विकास हो भने त्यसले सुशासनको अनुभुति नदिने खतिवडाको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...