कमलामा नयाँ पुल निर्माणको लागी नगारिक समाजको अगुवाइमा र्यालि

  • साउन २५, २०८१
  • ३७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा ।हुलाकी सडक अन्तरगत नयाँ कमला पुल निर्माण कार्यको लागी सिरहामा दबाबमुलक र्याली कार्यक्रम गरिएको छ । नेपालको सबभन्दा पुरानो राजमार्गको रुपमा रहेको हुलाकी सडक अन्तर्गत कमलामा पुल नबन्न सकिएपछि सिरहा स्थित नागरिक समाजको अगुवाइमा र्याली कार्यक्रम गरिएको हो । दशकौ पहिले कमलामा पुल निर्माणको कार्यशुरु गरिएको थियो । पुल निर्माण भएपनी कमसल अर्थात सतरहिन कार्य संरचनाको कारण उद्दघाटन नहुदै भासिएको थियो । पुल भासिएपछी जनताको आवतजावत सहजताको सपना पूरा भएन । हाल जनताले आवतजावत सहजताको लागि कमलामा नयाँ पुल निर्माणको लागी विभिन्न नारावाजी गर्दै नागरिक समाजको अगुवाइमा सर्वपक्षीय र सर्वदलीय रुपले र्याली कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद कुमार यादव ,बरिस्ठ पत्रकार देव कुमार यादव ,सिरहा नगरपालिका वडा नम्बर ११ को अध्यक्ष बिनोद कुमार कामती , नागरिक समाजका अगुवा नेता कार्यकर्ता लगायत प्राबिधिक दिनेश यादव लगायतको प्राबिधिकहरुको उपस्थिति रहेको थियो भन्ने कार्यक्रम प्रबिन यादवको अध्यक्षतमा दुई सयको संख्यामा शान्तिपुर्ण रुपले गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...