राजपाको सिरहा क्षेत्र १ मा गुप्ता, लहान नगरमाराजपाको सिरहा क्षेत्र १ मा गुप्ता, लहान नगरमा पासमान

  • मंसिर १०, २०७६
  • ११२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजपाको सिरहा क्षेत्र १ मा गुप्ता, लहान नगरमा पासमान लहान, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको सिरहा क्षेत्र १ को क्षेत्रीय अधिवेशन मंसिर ९ गते सम्पन्न भएको छ । योसँगै लहान नगरपालिकाको प्रथम नगर अधिवेशनले अध्यक्षमा भोगेन्द्र पासमानलाई चयन गरेको छ । सिरहा क्षेत्र १ अधिवेशनले क्षेत्रीय अध्यक्षमा भारतीकुमारी गुप्ता (लहान नगरपालिकाका प्रत्यासी उपमेयर) चयन भएका छन् । अधिवेशनले क्षेत्रीय वरिष्ठ उपाध्यक्ष हरेराम शर्मा, विरेन्द्रकुमार यादव, विजय यादव, विनोद साह उपाध्यक्षमा रामविलास यादव, सहसचिव प्रेमकला साह, कोषाध्यक्ष ललितादेवी ठाकुरलगायत ७१ सदस्य समिति गठन भएको छ । यसैगरी, लहान नगर अधिवेशनले वरिष्ठ उपाध्यक्ष रंजिता मण्डल, उपाध्यक्ष रामप्रसाद महतो, सचिव विनोद साह, कोषाध्यक्ष जलाशादेवी यादवलगायत ३१ सदस्य समिति गठन भएको राजपाको युवा नेता मनोज यादवले बताए । योसँगै क्षेत्र १ प्रदेश क’ को अध्यक्षमा शितल साह र प्रदेश ख’ को अध्यक्षमा विघनेश यादवलाई अधिवेशनले चयन गरेको छ । सो अधिवेशनका प्रमुख अतिथी राजपाको सिरहा अध्यक्ष जीवरन्जन यादव, वरिष्ठ अतिथी अर्का सिरहा अध्यक्ष मो.मुस्ताक, केन्द्रीय सदस्य जयनारायण यादव, रोशन यादव, देवनारायण यादव, जिल्ला सचिव रामरिझन यादव, शिला यादव, युवा मँचका सिरहा अध्यक्षद्धय मनोज यादव र विरेन्द्रलगायत ढेड दर्जन नेताले मन्तव्य राखेका थिए । अधिवेशनमा महन्थ ठाकुर, महेन्द्र राय, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिँह भन्डारीलगायतका पक्षधरले संयुक्त अधिवेशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...