सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ मा इलाका प्रहरी कार्यालय नरहाकै अगाडि चोरी डकैती भएको छ । आइतबार राती करिब साढे एघार बजेको समयमा डाकाहरुको एक समुहले घर बाहिर लागेको ग्रील टोड्दै घर भित्र प्रवेश गरि लाखौको जिन्सी समानहरु हतियार देखाई लुटपाट गरिएको हो । आइतबार राती करिब साढे एघार बजेको समयमा हात र गलामा लगाइएको लाखौंको सुन चाँदीको गहना हातहतियार देखाई नकाबधारी डाकाहरुले लुटेर लगेको ७५ बर्षिय बृद्ध शुशिला देबि यादवले बताईन । वृद्धका अनुसार बाहिर कति जना थियो देखिन्न तर आफू रहेको घर भित्र ५ जना नकाबधारी डाकाहरुले प्रवेश गरि आफूले कानमा लगाएको सुनको लोइर आठ अना, हातमा लगाएको चाँदीको अठार भरी चुरा अन्य ज्वेलर्सहरु सहित करिब तीन लाख बराबरको समानहरु लुटेर लगेको बताइन् । डाकाहरुले घटना गरिरहेको अबस्थामा आफ्नो छोराले घर बाट चालीस मिटरकै दुरिमा रहेको इलाका प्रहरि कार्यालय नरहाका प्रहरिलाई फोन गरेपनि प्रहरीले समयमै आइएन । प्रहरी कार्यालय अगाडी नै चोरी डकैती भएपछि आफुहरु मात्रै होइन गाउँका आम मानिसहरू पनि भयभित भएका उनले बताइन । सिरहा जिल्लामा चोरी र डकैती देखि मानिस त्रसित भएका छन । सिरहामा दिन प्रतिदिन बढदै गइरहेको अपराधजन्य घटना चोरी डकैतीलाई निरुत्साहित कस्ले गर्ने चिन्ताको बिषय बनेको स्थानीय बुद्धिजीवी रामकुमार यादवले बताए । यश बिषयमा नरहा प्रहरीलाई सोध्दा चोर डाकाहरुलाई खोजतलास गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved