प्रहरी कार्यालय कै अगाडि सिरहाको नरहा ५ मा डकैती ,लाखौं लुटियो

  • असार १८, २०८१
  • १५८९ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ मा इलाका प्रहरी कार्यालय नरहाकै अगाडि चोरी डकैती भएको छ । आइतबार राती करिब साढे एघार बजेको समयमा डाकाहरुको एक समुहले घर बाहिर लागेको ग्रील टोड्दै घर भित्र प्रवेश गरि लाखौको जिन्सी समानहरु हतियार देखाई लुटपाट गरिएको हो । आइतबार राती करिब साढे एघार बजेको समयमा हात र गलामा लगाइएको लाखौंको सुन चाँदीको गहना हातहतियार देखाई नकाबधारी डाकाहरुले लुटेर लगेको ७५ बर्षिय बृद्ध शुशिला देबि यादवले बताईन । वृद्धका अनुसार बाहिर कति जना थियो देखिन्न तर आफू रहेको घर भित्र ५ जना नकाबधारी डाकाहरुले प्रवेश गरि आफूले कानमा लगाएको सुनको लोइर आठ अना, हातमा लगाएको चाँदीको अठार भरी चुरा अन्य ज्वेलर्सहरु सहित करिब तीन लाख बराबरको समानहरु लुटेर लगेको बताइन् । डाकाहरुले घटना गरिरहेको अबस्थामा आफ्नो छोराले घर बाट चालीस मिटरकै दुरिमा रहेको इलाका प्रहरि कार्यालय नरहाका प्रहरिलाई फोन गरेपनि प्रहरीले समयमै आइएन । प्रहरी कार्यालय अगाडी नै चोरी डकैती भएपछि आफुहरु मात्रै होइन गाउँका आम मानिसहरू पनि भयभित भएका उनले बताइन । सिरहा जिल्लामा चोरी र डकैती देखि मानिस त्रसित भएका छन । सिरहामा दिन प्रतिदिन बढदै गइरहेको अपराधजन्य घटना चोरी डकैतीलाई निरुत्साहित कस्ले गर्ने चिन्ताको बिषय बनेको स्थानीय बुद्धिजीवी रामकुमार यादवले बताए । यश बिषयमा नरहा प्रहरीलाई सोध्दा चोर डाकाहरुलाई खोजतलास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...