पर्सामा "खुला सिमा सुमधुर सम्बन्धको सेतु बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • असार १२, २०८१
  • ४५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिरगंज , पर्सा/ अषाढ १२ । नेपाल भारत खुला सिमा सम्वाद समुह, पर्साको आयोजना र डा. राजिव झाको अध्यक्षतामा "खुला सिमा- सुमधुर सम्बन्धको सेतु" विषयक अन्तर्कृया कार्यक्रम बिरगंजमा सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रह्यो। अन्तर्कृया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सिमा र नाम राखिनु अघि देखि नै जनता जनता विच सम्बन्ध कायम थियो । नेपाल र भारतको सम्बन्ध दिल्लि र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन किनकि यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सिमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक हुन। कार्यक्रममा नेपाल भारत खुला सिमा सम्वाद समुहका राष्ट्रिय अध्यक्ष राजिव झाले इपिजि रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल भारत सिमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताए। दुनियाँ वल्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको वेला सिमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताए। त्यस्तै अर्का वक्ता चर्चित पत्रकार चन्द्रकिशोरले सिमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भैरहेको बताए। सिमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानुन बनाउनु पर्ने बताए। अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सिमा दुबै देशका जनताको आवश्यकता रहेको बताए। प्रदेश सदस्य श्याम पटेलले सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन मिल्दैन भने। प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले सिमा सम्बन्धि जानतामा भ्रम रहेको बताए। कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र , शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र , अशोक वैद्द्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण जि, अनिरुद सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी , प्राध्यापक , अधिवक्ता , पत्रकार, राजनीतिकर्मीको विषेश उपस्थिति रहयो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...