अव्यवस्थित बिद्यालय संरचनाले माबि गौरिपुरको बालबालिकाको ज्यान जोखिममा

  • असार ८, २०८१
  • ५२७ पटक पढिएको
  • Pradesh Times Dainik
alt

 राम पुकार यादव /सिरहा । अव्यवस्थित बिद्यालय संरचनाले बालबालिकाको ज्यान जोखिममा देखिएका छन । बिहिवार सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिद्यालय गौरिपुरका एक बालकको अव्यवस्थित संरचनाकै कारण ज्यान जोखिममा देखिएको हो । पुरानो भवन भत्काएपछी नयाँ भबन बनाउनुपर्ने हो तर नयाँ त के पुरानै भत्किएको संरचना ब्यबस्थित नभएपछि सानातिना विद्यार्थी बालबालिका चौरमा खेल्न गएकै बेला रडले घोचिएर सख्त घाइते भइ ज्यान जोखिममा परेका हुन । गौरीपुरका एक अभिभावकले बताए । अभिभावकले भन्ने घर बाट हामी स्याहार गरि बालबालिकालाई स्कुल पठाउँछौ स्कुलमा अबोध बालबालिकालाई अनावश्यक बिना समय खेलधुप गर्न बाट जोगाउने जिम्मेवारी कसको ? उहाँले बिद्यालयको प्रमुखले यसको जिम्मेवारी लिनुपर्ने बताए । पालिका अध्यक्ष सत्यनारायण यादवले पुरानो संरचना भत्काएर नयाँ संरचना बनानुपर्ने भनेका थिए । सोही बमोजिम आफू पुरानो संरचना मजदुर लगाइ भत्काउन लगाए । भत्काउन त भत्काए तर सोको समयमा ब्यबस्थापन हुन नसकेपछि यश बाट समस्याहरू उत्पन्न भैरहेको बिद्यालयको प्रधानाध्यापक प्रलाद यादवले बताए । यादवले भने संरचना भत्काइए पनि हाल सम्म नयाँ भवन बनाउने केही सुनिश्चितता देखिएको छैन । म के गर्नु अब ।तर उनले तत्काल यसको ब्यबस्थापन बिद्यालय बाटै गराउने छु भन्ने कुनै निर्णयमा रहेको भनेन । घाइते बालक उपचार गराएर हाल घरमा छन ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा वित्तीय ...

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्य ...

नव आगन्तुक विद्यार्थ ...

 कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार् ...

लागुऔषध (ब्राउन सुगर ...

 कृष्णनगर, कपिलवस्तु, माघ २३ प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आ ...