महिलामाथि हुने हिंसाको विभिन्न कारण मध्ये लागुऔषध पनि प्रमुख ः प्रहरी उपरिक्षक चर्तुवेदी

  • मंसिर ९, २०७६
  • ७२३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादवर÷९ मंसिर बिष्णुपुर, सिरहा ,महिलामाथि हुने हिंसाको विभिन्न कारण मध्ये लागुऔषध पनि प्रमुख कारणको रुपमा आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमा प्रसाद चर्तुवेदीले सिरहाका क्रियाशिल संस्थाहरुको सहकार्यमा मानवअधिकार संरक्षण केन्द्र संजालले सुभारम्भ गरेको २८ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा बोल्दै बताए । ‘लागुऔषध प्रयोग र ओसार पसारमा बार्षिक सैकडौं व्यक्ति पक्राउ पर्छ,’उनले भने,‘लागुऔषध नियन्त्रणमा सबैले सहयोगकारी भुमिका निर्वाह गर्नुपर्छ ।’ प्रहरीको एकल प्रयासले लागुऔषध नियन्त्रण हुन नसक्ने भएकोले सबैको सहयोगकारी भुमिका अपरिहार्य भएको उनले जनाए ।

मानवअधिकार संरक्षण केन्द्र संजालको अध्यक्ष श्याम कुमारी साहको अध्यक्षमा भएको सुभारम्भ समारोहमा अभियानको उद्देश्यमाथि अधिकारकर्मी जीवछी यादवले प्रकाश पारेको थियो भने समारोहमा मानवअधिकारकर्मी सुनिल कुमार साह, शशि कुमार मण्डल, दिलिप कुमार सहनी लगायतले अभियान सफलताको शुभकामना मन्त्वय दिएका थिए ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुभारम्भको अवसरमा सिरहाको थानाचौकबाट निस्केको ¥याली सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभा हलमा गई उद्घाटन समारोहमा परिणत भएको कार्यक्रम गर्न सहकार्य गरेको जागृति नेपाल अर्नमा गापा ५ का अध्यक्ष बद्री नारायण यादवले बताए । ¥यालीमा सुरक्षाकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत विभिन्न निकायका पदाधिकारी सहित सैकडौं व्यक्तिहरुको सहभागी रहेको उनले जनाए ।

उक्त अवसरमा मुक्ति नेपाल गोलबजारका नाट्यकर्मीले नाटक मंचन गरेका थिए । समाजमा भइरहेको महिलामाथिको हिंसाका दृष्यि झलकाउदै त्यसको रोकथाम र हुन सक्ने कानूनी कारवाहीका कुरालाई जोड्ने प्रयास गरिएको नाट्यकर्मी देवेन्द्र यादवले बताए । २५ नोभेम्बर २०१९ बाट सुरु भएको उक्त अभियान १० डिसेम्बर २०१९ मा सक्ने समग्र जन उत्थान केन्द्र लहानका अध्यक्ष भैरव गेलालले बताए ।      

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...