काभ्रे महादेव मन्दिर जीर्ण बन्दै

  • असार २, २०८१
  • ९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । आषाढ १ । उदयपुर जिल्लामा रहेको काभ्रेपानी पूर्व पश्चिम राजमार्ग अर्थात् महेन्द्र हाई वे देखि करिब १७ किलोमीटर उत्तरमा अवस्थित एउटा प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण मनोरम वातावरण भएको सलहेस फेदको महादेव स्थान हो । उदयपुरगढी गाउँपालिका वडा नं ६ मा रहेको काभ्रेपानी स्थित महादेव स्थान नेपालटार सडकको पछिम छेउमा अवस्थित धार्मिक पर्यटकीय स्थल मध्येको एक हो । मन्दिर परिसरमा यतिबेला रहेको घर टहरामा खिया लागेको अवस्था छ भने अर्कोतिर बनाइएको घरको भित्ता भत्किन थालेका छन् । मन्दिर परिसरमा रहेको मन्दिरहरुमा ढोका छैन भने मुख्य गेट समेत अलपत्र अवस्थामा रहेको छ । गेटमा राखिएको व्यानर च्यातिएको अवस्था छ । मन्दिरको वरिपरिमा हालसम्म वाल लगाउन सकिएको छैन भने संरक्षणको प्रतिक्षामा रहेको मन्दिरको स्तरउन्नतिको लागि निकाय मौन दर्शक बनेको छ । सिराहा,सप्तरी ,उदयपुर लगायतका जिल्लाहरूबाट साउन महिनामा उल्लेखनीय संख्यामा भक्तजनहरुको घुइचो लाग्ने यस ठाउँको बृहत्तर विकाश आजको आवश्यकता हो । साउन महिनामा चुरेको मनोरम जंगल क्षेत्रमा भक्तजनहरू रातभर जाग्राम बसेर नाचगान गर्ने गर्दछन् । यहाँ रहेका प्रतिक्षालयहरू र सर्वसाधारणहरुको घरमा समेत साउन महिनामा तीर्थालुहरू र भक्तजनहरू आउने जाने क्रम जारी रहन्छ । साउन महिनामा काभ्रेपानी अर्थात् महादेवस्थान क्षेत्र भजनकीर्तन र नाचगानले गुञ्जयमान हुने गर्दछ । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय स्थलको रुपमा रहेको काभ्रेपानी स्थित महादेव मन्दिरको संग्रह विकाशप्रति आम सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा वित्तीय ...

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्य ...

नव आगन्तुक विद्यार्थ ...

 कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार् ...

लागुऔषध (ब्राउन सुगर ...

 कृष्णनगर, कपिलवस्तु, माघ २३ प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आ ...