क्यामपस प्रमुखले ब्रम्हाचारी दामोदरानन्द कलेजमा गरे लाखौंलाख आर्थिक अनियमितता

  • जेठ ४, २०८१
  • ३९३ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनताहरुको लागि रामनगर मिर्चैयामा स्थापित ब्रम्हाचारी दामोदरानन्द कलेजमा क्याम्पस प्रमुखले लाखौंलाख आर्थिक अनियमितता गरेको पाइएको छ ।

    साबिक मिर्चैया गाबिस तथा जिल्लाका अन्य धेरै गाबिसहरु लगायत शिक्षाप्रेमी ,किसान ,बुद्धिजीवी ,व्यपारी ,शिक्षक उद्दोगपतीहरुको संयुक्त प्रयास तथा ब्रम्हाचारी दामोदरानन्द बाबाको दान सहयोग लगनशीलता बाट उच्च शिक्षा प्राप्तिको लागी स्थापित स्नातक तह स्तरको ब्रम्हाचारी दामोदरानन्द कजेमा लाखौंलाख अनियमितता गरि कलेजको घाँटी प्रमुख संजय साह बाटै निमोठिदै गरेको पाइएको हो ।

 तत्कालीन समय माबि ,उमाबी संचालनको लागी आफ्नै भवन र आयश्रोत सबल नरहेका कलेज हाल बिश्वबिद्धालय अनुदान को कारण आर्थिक रुपले अबल र सक्षम देखिएपनी क्याम्पस प्रमुखको भ्रष्ट रबैयाले कलेज धरापमा पर्दै गएको क्याम्पस स्थित निकट श्रोतको आरोप रहेको छ ।

श्रोतका अनुसार आफ्नै आयश्रोतमा कलेज चल्न थालेपछि कलेज प्रमुख साह बाटै आर्थिक अनियमितताको सिमा पनि नाँघिदै गएको छ । प्रमुख साहले आफ्नै नातागोता भाईलाई बिना विधि प्रक्रिया नियुक्त गरि क्याम्पसलाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको थपे । ।

श्रोतले भने, फर्जी बिल, भवन निर्माण र बिरामी बहानाको नाममा लखौंलाख रकम अनियमितता गरेको छ । क्याम्पसको लागि खरिदै नगरेको मोटरको नाममा बिल भजाइ भुक्तानी लिएको ,विद्युत खर्च ठेकेदार बाट बुझिएपनी क्याम्पस समेत बाट तिराई बुझी व्यापक आर्थिक चलखेल गरेको रबैयाले प्रमुख साह भ्रष्ट नरहेको कुनै अधार देखिदैन श्रोतले बताए ।

श्रोतले भने , क्याम्पसको लागी भवन निर्माण कार्यमा प्रमुख साहले सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.५ लक्ष्मीपुर चौकको एक दोकानमा ठेकेदार सँग लिएको दुइ लाख (२ लाख) घुसको भिडियो प्रमाण र बिरामी बहानाको नाममा क्याम्पस बाट लिएको एकमुष्ट २४ लाख रुपैयाले प्रमुख संजय साहको भ्रस्टाचारी प्रवृत्तिलाई प्रस्ट्याएको छ ।

क्यामपस प्रमुख साहले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/ ०७९ अडिट प्रतिवेदनले देखाए अनुसार तलब , परिक्षाकेन्द्र , पोशाक , क्षात्रबृती निर्मान मोटर ,एम एड सम्बन्धन , त्रिबि सेवा शुल्क लगायतका शिर्षकहरुमा व्यापक अनियमितता गरेको देखिएको छ । त्रिबिको नियम बिधान अनुसार सेवा शुल्क अर्थात बिनियोजन शिर्षक र परिक्षा फारम शुल्क बीच फरक हुनुपर्ने हो तर भने अडिटर र क्याम्पस प्रमुखको मिलोमतोमा उक्त शिर्षकमा आर्थिक चलखेल देखिएको छ । अडिट प्रतिवेदन हचुवाको भरमा बनाइएको बुझिएको छ ।

यसले क्याम्पस प्रमुख साहको चरम भ्रष्टाचारलाई झन थप पुष्टि गरेको छ । त्यति मात्र नभै प्रमुख साहले विद्यार्थीको आर्थिक अबस्थाको अनुभुती नै नगरी विद्यार्थीको बार्षिक शुल्क समितिको निर्णय बिनानै १५ हजार बाट एक्कासि २५ हजार के कसरी पुर्याएको ? विद्यार्थीहरुको आरोप रहेको मात्रै होइन विद्यार्थीलाई सास्ती दिदै विद्यार्थीको पढाइ प्रतिको मनोबल झुर गरेको अध्यनरत विद्यार्थीहरुको गुनासो रहेको छ ।

साथै अहिलेको लोकतान्त्रिक पद्धतिमा स्वबियुको निर्वाचन आवश्यक रहदा पनि हाल सम्म निर्वाचन नगराइ लोकतन्त्रलाई मानमर्दन र बिद्यार्थीको मौलिक हकमाथी हस्तक्षेप गरेको बताइन्छ । यस बिषयमै सम्बन्धित क्याम्पस प्रमुख सँग प्रतिक्रिया लिन खोज्दा  यो अख्तियारको कार्य हो बिस्तृत कुरा गर्न पन्छिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागू औषध सहि ...

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट लागु औषधसहित दुई ...

अर्थतन्त्रमा फेरि मन ...

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दी फस्ने त्रास बढ्दै गएको छ। कोरोना मह ...

अमेरिकी पूर्व राष्ट् ...

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेल ...