२८ औं महिला हिंसा बिरुद्धको अभियान ‘महिलामाथिको हिंसा शुन्य सहनशिलता हाम्रो अभिभारा,’ ःप्रजिअ अधिकारी

  • मंसिर ९, २०७६
  • ४०७ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादवर÷९ मंसिर बिष्णुपुर, सिरहा,बढ्दो महिला हिंसालाई न्यून गर्दै महिलामाथिको हिंसा शुन्य सहनशिलताको अभिप्रायका साथ अगाडि बढिरहेको बताए । सिरहाका क्रियाशिल संस्थाहरुको सहकार्यमा मानवअधिकार संरक्षण केन्द्र संजालले सुभारम्भ गरेको २८ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका हुन् ।
फेरिएको परिवेशमा कानूनी प्रावधानहरु कडा भएको छ । कानूनी निकायहरु प्नि जिम्मेवार बनेको उनले बताए । ‘महिलामाथि हुने हिंसा न्यून गर्छौ । दोषीमाथि कारवाही हुन्छ,’उनले भने,‘कुनै पनि प्रकारको हिंसा भए लगतै हामीलाई सूचना दिनुस हामी कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउछौं ।’
इज्जतको नाउँमा ज्यान जोखिममा नराख्न प्रजिअ अधिकारीले सबैसँग आग्रह गरे । पतिले पत्नीमाथि वा पत्नीले पतिमाथि हिंसा गर्न नहुने उनले भने,‘एकआपसमा सबै मिलेर बस्यो भने सबैको जित हुन सक्छ तर आपसमा फुट गरी एकले अरुमाथि हिंसा ग¥यो भने सबैको हार निश्चय छ ।’
विगतमा भु्रणको लिङ्ग पहिचान गराई गर्भपतन गराउने क्रम बढेको थियो तर पछिल्ला केही दिनयता त्यो न्यून भएको बताउदै यदि कुनै ठाउँमा कसैले भु्रणको लिङ्ग पहिचान गराई गर्भपतन गराउन लागेको छ भने त्यसको जानकारी सुरक्षा निकायले पाएमा कानूनी कारवाही हुने उनले दाबी गरे ।
समाजमा हुने कुनै पनि प्रकारका घटनाको जानकारी सुरक्षा निकायले समयमा पाएपछि कारवाही प्रक्रिया अगाडि बढाउने सहज हुने भएकोले त्यसमा पछि नपरी निर्धकताका साथ सूचना दिन उनले सबैसँग आग्रह गरे ।
सामाजिक संजालको बढ्दो दुरुपयोगका कारण हिंसाका घटनामा बृद्धि हुने गरेको हँदा त्यसको प्रयोगमा सचेतना अपनाउन सबैसँग उनले आग्रह गरे । ‘हिंसा रोक्ने सुरुवात आफैबाट गर्नपर्छ । म हिंसा गर्दिन । म हिंसा देख्न सक्दिन् भन्ने भाव आफैमा जागृत जर्नुस,’उनले भने,‘आफु, आफ्ना घरपरिवार, गाउँ र समाजबाट सुरुवात गरिने हिंसा रोक्ने कुराले धेरै प्रभाव जमाउन सफल हुनेछ ।’
मुुलुक प्रादेशिक संरचनामा गएको अवस्थामा पहिले भन्दा अहिले सबै कुराको निगरानी, नियन्त्रण र परिचालनको जिम्मेवारी मुख्य रुपमा स्थानीय सरकारमा गएको प्रजिअ अधिकारीले जनाए । उनले महिला हिंसाको सवलालाई गहिरो रुपमा अध्ययन गरेर कार्ययोजना बनाई प्रभावकारी तवरबाट कार्यान्वयनमा ल्याउनु स्थानीय सरकारको मुख्य जिम्मेवारी भएको प्रष्ट्याए ।
स्थानीय सरकारले के र कस्ता कामलाई प्राथमिकताक्रममा राखेको छ भने खवरदारी गर्ने जिम्मा सामाजिक अगुवा, नागरिक समाज तथा गैरसकारी संस्था एवम् आम नागरिकको भएको हुनाले सबैले आ–आफ्नो स्थानबाट आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
व्यक्तिगत खर्चको असन्तुलनताका कारणले हिंसाजन्य घटनामा बृद्धि हुने गरेको सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले बताए । बैदेशिक रोजगारमा गएकाहरुको पत्नी र घरका अन्य सदस्यबीच खर्च सन्तुलनता नमिल्दा पनि हिंसाजन्य घटना हुने गरेको हुँदा त्यसतिर सबैले ध्यान दिनुपर्ने उनले जनाए । महिलामाथि हुने हिंसाका घटनालाई न्यूनीकरण गर्न सिरहा नगरपालिका लागी परेको उनले तर्क गरे । महिला हिंसा न्यून गर्न हुने कार्यक्रममा नपाले आफ्नो बार्षिक कार्ययोजना अनुसार सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । 76684063_2182629228698755_7789890516715307008_n
महिलामाथि हुने हिंसाको विभिन्न कारण मध्ये लागुऔषध पनि प्रमुख कारणको रुपमा आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमा प्रसाद चर्तुवेदीले बताए । ‘लागुऔषध प्रयोग र ओसार पसारमा बार्षिक सैकडौं व्यक्ति पक्राउ पर्छ,’उनले भने,‘लागुऔषध नियन्त्रणमा सबैले सहयोगकारी भुमिका निर्वाह गर्नुपर्छ ।’ प्रहरीको एकल प्रयासले लागुऔषध नियन्त्रण हुन नसक्ने भएकोले सबैको सहयोगकारी भुमिका अपरिहार्य भएको उनले जनाए ।
मानवअधिकार संरक्षण केन्द्र संजालको अध्यक्ष श्याम कुमारी साहको अध्यक्षमा भएको सुभारम्भ समारोहमा अभियानको उद्देश्यमाथि अधिकारकर्मी जीवछी यादवले प्रकाश पारेको थियो भने समारोहमा मानवअधिकारकर्मी सुनिल कुमार साह, शशि कुमार मण्डल, दिलिप कुमार सहनी लगायतले अभियान सफलताको शुभकामना मन्त्वय दिएका थिए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुभारम्भको अवसरमा सिरहाको थानाचौकबाट निस्केको ¥याली सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभा हलमा गई उद्घाटन समारोहमा परिणत भएको कार्यक्रम गर्न सहकार्य गरेको जागृति नेपाल अर्नमा गापा ५ का अध्यक्ष बद्री नारायण यादवले बताए । ¥यालीमा सुरक्षाकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत विभिन्न निकायका पदाधिकारी सहित सैकडौं व्यक्तिहरुको सहभागी रहेको उनले जनाए ।
उक्त अवसरमा मुक्ति नेपाल गोलबजारका नाट्यकर्मीले नाटक मंचन गरेका थिए । समाजमा भइरहेको महिलामाथिको हिंसाका दृष्यि झलकाउदै त्यसको रोकथाम र हुन सक्ने कानूनी कारवाहीका कुरालाई जोड्ने प्रयास गरिएको नाट्यकर्मी देवेन्द्र यादवले बताए । २५ नोभेम्बर २०१९ बाट सुरु भएको उक्त अभियान १० डिसेम्बर २०१९ मा सक्ने समग्र जन उत्थान केन्द्र लहानका अध्यक्ष भैरव गेलालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...