सिरहामा कोदालो प्रहार गरि एकको हत्या

  • जेठ ३, २०८१
  • ४७१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो प्रहार गरि हत्या गरेको छ । लामै समय देखी मोहियानी जग्गा सम्बन्धमा अर्नामा ब्रहमपुरी २ को बुधराम महतो र छिमेकी बचाई महतो बीच जग्गा विवाद सल्किदै आएको थियो । बिहिवार बिहान बुधराम महतो आफ्नो खेत गएको बेला सोही ठाउँ बस्ने बछाई महतोले कोदालो प्रहार गरि हत्या गरेको वडा अध्यक्ष दिपेन्द्र यादवले बताए । वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चल्दै आईरहेको बताए । जमिनकै विवादका कारण यस्तो घटना भएको हुनसक्ने बताइन्छ । घटना भए लगतै अन्दाजी ५५ वर्षीय बच्चे महतो फरार भएका छन्। घटना सम्बन्धमा खोजतलास जारी रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ । मृतक महतोले लामो समय देखी बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...