मध्यान्न सम्पादक श्रेष्ठले बृक्षारोपन गरि जन्मदिन मनाए

  • बैशाख ५, २०८१
  • ६२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका छन् । तराई बिकास तथा संचार केन्द्र नेपालले रौतहटबाट पहिलोपटक सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियान अन्तर्गत बरिष्ठ पत्रकार श्रेष्ठले आज पर्न गएको आफ्नो जन्मदिनको उपलक्ष्यमा काठमाण्डौँको तिनकुनेमा बिभिन्न किसिमका बिरुवाहरुको रोपण गरी जन्मदिन मनाएका हुन् । श्रेष्ठको जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्न वरिष्ठ पत्रकार श्रेष्ठको धर्मपत्नी सितादेबी श्रेष्ठ अभियानमा साथ दिन आउनुभएको थियो।त्यसैगरी प्रधान सम्पादक श्रेष्ठको जन्म दिनलाई साथ दिन र आफ्नो पनि जन्मदिन परेको हुँदा पत्रकार खेमराज खनाल पनि सहभागी भई उनले पनि एकअर्कामा शुभकामना आदानप्रदान गरी बृक्षारोपण गरेका थिए । यस्तै, ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका सचिव गोबिन्दप्रसाद चौलागाईले यो अभियानमा जोडिएका उहाँहरुलाई जन्मदिनको शुभकामना दिदै भने– ‘यो अभियानमा हामीले कुनै ब्यक्ति तथा संस्थाबाट अहिलेसम्म कुनै प्रकारको सहयोग मागेका पनि छैनौँ र माग्दैनौ पनि जन्मदिनको नाममा बिदेशी संस्कारहरुलाई भित्रिन नदिन र वातावरणलाई जोगाउन र सुरक्षा गर्नका निम्ती यो अभियान अगाडी बढाएकाले सहयोग मागेर अभियान थाल्नी गर्नु राम्रो नहुने भएकाले रोपिएका बिरुवा जोगाउन सरकारी तहमै अपिल गर्छौ तर आर्थिक सहयोग माग्दैनौ। बृक्षारोपण मात्र नभई हामी दीन दुःखी, गरिब, बेसाहराको साहारा बन्नका निम्ती हामी देशब्यापी रुपमा अभियानलाई जोडदै अगाडी बढाउछौँ’ । जन्मदिनलाई सतकर्ममा जोडौ अभियान लाई साथ दिन राष्टिय समाचार समितीका महाप्रबन्धक सिद्धराज राई,वरिष्ठ पत्रकार रमेशराज पौडेल, सिता पोखरेल कार्यक्रममा सहभागी हुनुभएको थियो ।कार्यक्रममा रौतहट घर भएका दिपक चौलागाई, सन्तोष खनाल, हिमान्सु मिश्र, शुदाम्सु मिश्र ,उदय मास्के लगायत रौतहट बासीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहाका सिडिओ दहाल म ...

सिरहा,८ चैत्र: सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव दाहाललाई गृह मन्त्रालयले तानेको छ। शुक् ...

न्यायमा पहुँच सम्बन् ...

 सिरहा, चैत्र ४ – न्याय प्रणालीलाई सर्वसुलभ, प्रभावकारी र आम नागरिकमुखी बनाउन सर्वोच्च अद ...

बहुमतको सरकार आजको आ ...

 सिरहा, — जनताको विकास र समृद्धिका लागि बहुमतको सरकार आजको आवश्यकता रहेको पूर्व कानुन, न् ...