सिरहामा तस्कर राज : 'हाकिम'को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा

  • चैत २४, २०८०
  • ४७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा  । सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो । एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै थियो । ती मोटरसाइकलमा अन्दाजी १० लाख बराबरको कपडा, जुत्ता, चप्प्ल, औषधि, चुडी, लहठीलगायतका सामान थिए । जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । यद्यपि, यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सामान पक्राउ परेको बताएपनि विस्तृत विवरण दिन चाहेनन् । तस्करीका यी अवैध सामानहरू भन्सार बुझाउनुपर्नेमा अझै जिल्ला प्रहरी कार्यालय परिसरमै छ । श्रोतका अनुसार, यो कुरा गोप्य राखेर सामान छोड्न लागिएको थियो । तर, सञ्चारकर्मीले थाहा पाएपछि प्रहरीले बुझाउने तयारी गरेको छ । आज शनिबार भएर बुझाउन ढिला भएको डीएसपी सापकोटाले बताए । सामान नियन्त्रणमा लिने असईको सरुवा सामान पक्राउ परेको स्थान भारतीय सीमाभन्दा अन्दाजी २० किलोमिटर पर हो । सीमादेखि नै चोक-चोकमा सुरक्षा निकायका कर्मचारी खटिएका हुन्छन् । तर, यसका बाबजुद यसरी निर्वाध सामान तस्करी भएर आउनुले यसमा मिलेमतोलाई प्रष्ट्याउँछ । श्रोतका अनुसार, सो मिलेमतोको कुरा असई यादवलाई थाहा थिएन । तस्करीका सामान नियन्त्रण लिएर लगेपछि उनको आजै सुरुवा गरिएको छ । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा छ । उनी यहाँ काजमा कार्यरत थिए । तर, यो सामान पक्राउ गरेपछि सरुवा भएको भन्ने कुरा डीएसपी सापकोटाले इन्कार गरे । उनले भने, 'त्यस्तो केही पनि होइन, यो नियमित प्रक्रिया हो ।'

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...