सप्तरीको कडरबोनामा गुडिरहेको बसमा आगलागी

  • चैत २४, २०८०
  • १५१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान २४ चैत्र सप्तरीको सुरुङ्गा न.पा. वडा न.६ कडरबोना चौकमा गुडिरहेको रातिको ८ बजे बसमा आगलागी भएको छ। बिराटनगर बाट जनकपुर जादै गरेको ना. ७ ख. १२७८ न. को मां दुर्गा डिल्कसमा आगो लागेको छ। बसमा डिजेल लिकेज भएको कारणले आगलागी हुदा बसको केही भाग जलेको छ भने यात्रुहरू सकुशल बसबाट बिहिर निस्किन सफल भएको छ। बसमा चालक सह चालक सहित २५/३० जना सवार रहेको बुझिएको छ। बसमा लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय कडरबोना द्वारा आगो नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय कडरबोनाले दिएको छ। गाडीमा यात्रुहरूको केही सामानहरु जलेको छ भने केहि यात्रीहरुलाई सामान्य चोटपटक लागेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...