सप्तरीको कडरबोनामा गुडिरहेको बसमा आगलागी

  • चैत २४, २०८०
  • १३८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान २४ चैत्र सप्तरीको सुरुङ्गा न.पा. वडा न.६ कडरबोना चौकमा गुडिरहेको रातिको ८ बजे बसमा आगलागी भएको छ। बिराटनगर बाट जनकपुर जादै गरेको ना. ७ ख. १२७८ न. को मां दुर्गा डिल्कसमा आगो लागेको छ। बसमा डिजेल लिकेज भएको कारणले आगलागी हुदा बसको केही भाग जलेको छ भने यात्रुहरू सकुशल बसबाट बिहिर निस्किन सफल भएको छ। बसमा चालक सह चालक सहित २५/३० जना सवार रहेको बुझिएको छ। बसमा लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय कडरबोना द्वारा आगो नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय कडरबोनाले दिएको छ। गाडीमा यात्रुहरूको केही सामानहरु जलेको छ भने केहि यात्रीहरुलाई सामान्य चोटपटक लागेको छ।

प्रतिक्रिया दिनुहोस

मालपोतको गोप्य कागजा ...

सुरेन्द्रकुमार कामती सिरहा, ३० जेठ। मालपोत कार्यालय सिराहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले ...

कल्याणपुर नगरपालिकाम ...

 सिरहा — कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा सीपमूलक तालिमका लागि हरेक वर ...

वैदेशिक रोजगारमा गएक ...

सिरहा : वैदेशिक रोजगारीको सपना बोकेर नौ वर्षअघि साउदी अरबको रियादस्थित "साउदी मार्बल तथा ग्रानाइट कम ...