सिरहामा मोबाइल बाट प्रश्नपत्र आउट गरि चिट चोरी गर्ने विद्यार्थीलाई परिक्षा समिति सिरहाले अनुगमन गर्दै हल बाहिर निकाले

  • चैत १६, २०८०
  • २८८४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहाको राम दुलारी माबी सेन्टर बाट मोबाइल बाट चिट चोरी गर्ने पोलर स्टारको दुई विद्यार्थी सहित १० जना परिक्षार्थिलाई परिक्षा हल बाट बाहिर निकालिएको छ । उनीहरु परिक्षामा मोबाइल बाट प्रश्नपत्र आउट गरि चिट चोरी गरिरहेको पाइएको थियो । आज एसईइ परिक्षाको दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली बिषयको परिक्षामा परिक्षा समिति सिरहाले अनुगमनको क्रममा मोबाइल बाट चिट गरिरहेको अबस्थामा उनीहरु सँग मोबाइल खोस्दै परिक्षा हल बाहिर निकालिएको थियो । परिक्षा समिति सिरहाले गरेको अनुगमनको क्रममा करिब १० पिस मोबाइल अनुगमन समितीले र ८ वटा मोबाइल सेन्टरको सुपरिटेन्डेन्ट लालदेब साहले विद्यार्थीहरु बाट खोसी स्थानीय इप्रका कल्याणपुरको प्रमुख कृष्ण हरि बोहरालाई राख्न बुझाएको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख , साहेक प्रमुख जिल्ला अधिकारी र अनुसन्धान कार्यालय सिरहाको प्रमुखहरु सँगै प्रदेश सभा ख को माननीय सभासद राम बाबू यादव रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...