सिराहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ

  • माघ २८, २०८०
  • ३७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स माघ/  २८, सिरहा  । सिराहा प्रहरीले कटुवा पेस्तोल सहित सरोज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका वडा नं. ७ शलहेश मन्दिर स्थित वादविवाद भएको खबर प्राप्त हुना साथ व.प्र.का. सिरहाबाट प्र.ना.नि. अमित कुमार रायको कमाण्डमा प्रहरी टोली उक्त ठाउँमा पुगेका थिए । घटना विवरण "औरही गाउँपालिका वडा नं. ३ का करिब २२ वर्षीय संजित कुमार यादव र उनको करिब १८ वर्षीया बहिनी संजिता यादव सिरहा नगरपालिका वडा नं. ७ मा रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएको अवस्थामा औरही गाउँपालिका वडा नं. ४ कमलपुरका करिब २० वर्षीय सरोज कुमार यादवले उनीहरु बस्दै आएको घरमा आई उनीहरूसँग वादविवाद गरी रहेको अबस्थामा सरोज कुमार यादवको शरीर खानतलाशी गर्दा उनको साथबाट कटुवा पेस्तोल १ थान बरामद गरी हतियार सहित उनलाई घटनास्थलमा पुगेका प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका यादवलाई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात)को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...