पत्रकारलाई कुटपिट गर्ने दोषीलाई तत्काल कार्यबाही होस : पत्रकार महासँघ अध्यक्ष प्रेमचन्द्र झा

  • माघ २३, २०८०
  • २९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट : रौतहटमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ। जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गरिएको हो। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए। किसानहरुले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्। कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले खोसेर लगेका बताइएको छ। घाइते तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। तिवारीसँगै रहेका अर्का पत्रकार धीरज यादवको समेत मोबाइल र क्यामेरा खोसिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...