प्राबिधिक बिद्यालय राजपुरको साँस खुल्यो

  • माघ २१, २०८०
  • १४४२ पटक पढिएको
  • राम पुकार यादव
alt

बिद्यालय बिकासको साँस भनेको बिद्यालय भित्र रहेको ब्यबस्थापन समिती हो ।  साँस बिना कुनै पनि जिबको परिकल्पना पनि गर्न नसक्ने भएजस्तै यतिखेर शिक्षा क्षेत्र अन्तर्गत बिद्यालय बिकासको निम्ति ब्यबस्थापन समिति भएको हो । कुनै पनि बिद्यालयमा ब्यबस्थापन समिति नभएपछि त्यहाँको सम्पुर्ण कामकाज पठनपाठन ,भौतिक संरचनाको बिकास , गुणस्तरीय शिक्षा , शैक्षिक बाताबरण कायम ,  बालबालिकालाई पढाइको लागी प्रोत्साहित गर्न दिवाखाजा खुवाउने लगायतका अन्य धेरै बिकासका कार्यहरू गर्न कठिन नै भएको हुन्छ । बिद्यालयको लागी एउटा सक्षम ब्यबस्थापन समिति अपरिहार्य नै हुन्छ ।IMG_20240203_144940

जुन बिद्यालय बिकासको साँस हुन । समाजका बुद्धिजीवी ,भद्रभलादमी,समाजसेवी अभिभावक र सम्बन्धित बिद्यालयको प्रधानाध्यापक सहित शिक्षक शिक्षिकाहरु, सरोकारवाला निकायहरू लगायत यहाँको जनप्रतिनिधिहरुको महिनौको कसरतले निर्वाचन प्रक्रिया बाट भएपनि जनता माध्यमिक (प्राबिधिक) राजपुरमा ब्यबस्थापन समितिको लागी सदस्यहरु दिन सफल भएका छन ।

महिनौंको मिहिनेतले शिक्षा तथा बिद्यालयको बिकासको निम्ति ब्यबस्थापन समितिको लागि अभिभावकहरुले दिएका ब्यबस्थापन पक्षका सदस्यहरु बिद्यालय बिकासको साँस नै हुन । साँस बन्द हुनु भएन । यदि साँस बन्द भयो भने बिद्यालयको बिकास कौमामा रहेको बिरामी झैं हुन्छ ।

सहमति जुटन नसकेपछि लोकतान्त्रिक पद्धति चुनावी प्रक्रिया बाट बिद्यालयले ब्यबस्थापन समिती सदस्य पाएपछि जमाबी राजपुरमा अब बिद्यालय बिकासको साँस खुलेको जस्तो महसुस गरेका छन अभिभावकहरु । जुन प्रक्रिया बाट भएपनि यहाँको समाज र अभिभावकहरु एउटा समिति दिएर आफ्नो दोष हटाउँदै निर्दोषिताको प्रमाण पेश गरिसकेका छन ।IMG_20240203_145627

उनी अभिभावकहरु आफ्ना सन्तानले स्तरीय शिक्षा पायोस र सन्तानको सुनौलो भबिष्य निर्माण होस भन्ने भावनामा ओतप्रोत भएका छन । अब पालो बिद्यालयको साँसहरुको जुन साँसहरु बिद्यालयको नवनिर्वाचित ब्यबस्थापन समिति सदस्यहरु हुन । उनिहरुले अब सक्षमता देखाउने पालो बुझी विद्यार्थीहरुले बिगत देखी झेल्दै आएका पठनपाठन सम्बन्धि समस्या , भौतिक संरचनाको समस्या , गुणस्तरीय शिक्षाको लागी देखिएका बाधा अबरोधका समस्या , बिद्यार्थीको अनुपातमा शिक्षकको समस्या , दक्ष र सक्षम उत्पादनको लागि थप सुबिधा र शैक्षिक सामग्रीको उचित ब्यबस्थापनको लागी रहेका त्रुटि कमिकमजोरिहरु जस्ता समस्याहरुलाई सामाधान गरि बिद्यालयको नौलो परिवर्तनकारि बिकास देखाएर स्तरीय बिद्यालयको रुपमा चिनाउने जिम्मेवारी बहन गर्ने आम समाज र अभिभावकहरुको आशा रहेको छ ।

IMG_20240203_145612 यी आशाहरु नवनिर्वाचित ब्यबस्थापन समितिको सदस्यहरु बाट पूरा हुन्छ भने आशा राख्दै "अब बिद्यालय बिकासको साँस खुल्यो" अभिभावकहरुको कथन रहेको छ । बिद्यालयमा हाल पुर्ण समिति नभएपनि नवनिर्वाचित दुई महिला सदस्य सहित चार जना महिला पुरुष सदस्यहरुले शनिबार प्रमाणपत्र ग्रहण गर्दै बिद्यालय बिकासको उन्नति प्रगति समय सिमा सन्दर्भलाई स्पर्श गर्दै आफ्ना धारणा र प्रतिबद्धता व्यक्त गरेका थिए ।IMG_20240203_145551

नवनिर्वाचित चारै सदस्यहरुले बिद्यालयको प्रधानाध्यापक प्रदीप कुमार यादव , बिष्णुपुर गाउँपालिका शिक्षा शाखा प्रमुख तथा बिद्यालय ब्यबस्थापन छनौट सहयोग समिति संयोजक दिप कुमार यादव सहित अन्य उपस्थित भद्रभलादमी ,जनप्रतिनिधि , शिक्षकहरु बाट फुल माला ग्रहण गरि कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरु बाट शब्दसागरले स्वागत तथा कार्यकाल सफलताको शुभकामना पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...