बिद्यालय ब्यबस्थापन समिति छनौटको लागी थालिएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

  • माघ १८, २०८०
  • २८३१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । बिद्यालय ब्यबस्थापन समिति सदस्य छनौटको लागी जनता माध्यमिक बिद्यालय( प्राबिधिक )राजपुरमा थालिएको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न भएको छ । IMG_20240201_123556 ब्यबस्थापन समिति सदस्य छनौटको लागी पटक पटक बैठक बस्दा पनि आपसी सहमति जुटन नसकेपछि सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिद्यालय (प्राबिधिक) राजपुरमा ब्यबस्थापन समिती सदस्य छनौटको लागि निर्वाचन भएको हो । बिहिवार ९ बजेर ३५ मिनेट बाट शुरु गरिएको मतदान कार्यक्रम बेलुका ३ बजेर ३५ मिनेट सम्म जम्मा ६ घन्टामा सम्पन्न भएको थियो । जम्मा मतदाता संख्या ५ सय ७० मध्ये २ सय १७ महिला र २ सय ३३ पुरुष गरि जम्मा ४ सय ५० जना महिला पुरुषले मतदान गरेका थिए । अर्थात ७८.९४ प्रतिशतले मत खसालेको थियो । IMG_20240201_130642 श्री जनता माध्यमिक बिद्यालय प्राबिधिक राजपुरको इतिहासमा निर्वाचन पद्धति बाट ब्यबस्थापन समिति छनौट गर्नु यो दोस्रो निर्वाचन हो । यस भन्दा २१ बर्ष अघि २०५९ सालमा निर्वाचन प्रक्रिया बाट नै समिति छनौट गरिएको थियो भने बीचको अबधिमा समिति छनौटमा सहमति जुट्दै आएको थियो । IMG_20240201_105850 1 बिद्यालयमा समिती नभएको कारण बिद्यालयको बिकास देखी लिएर विद्यार्थीहरुको पठनपाठन अवरोध देखिएको मात्रै थिएन बिष्णुपुर गाउँपालिका भरिमा शानको रुपमा रहिएको एक मात्र प्राबिधिक धारको बिद्यालय धरापमा रहेको थियो । ढिलो चाँडो जे होस सहज बाताबरणमा निर्वाचन गराएर भएपनी बिद्यालयले समिति पाउने भएपछि अभिभावकहरु उत्साहित देखिएका थिए ।  

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...