पुर्बी नहरमा सर्भिस रोडको मर्मत सम्भार कार्यमा प्राबिधिक ,ठेकेदार र सिचाइ प्रमुख डि को लापरबाही

  • माघ १५, २०८०
  • ४७३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । कमला सिचांइ ब्यबस्थापन आयोजना अन्तरगत पुर्बी नहर प्रणाली नहर सर्भिस रोडको मर्मत सम्भार कार्यमा प्राबिधिक र सिचाइ प्रमुख डि सहित ठेकेदारको लापरबाही रहेको स्थानीयको आरोप रहेको छ ।

  कमला सिचाइ ब्यबस्थापन आयोजना अन्तर्गत जानकी निर्माण सेवा लवटोली २ धनुषाको ठेकेदार सौखिया पासमानले पुर्बी नहरको सर्भिस रोडमा सुचारु गरिएको मर्मत सम्भार कार्यमा कमसल र गुणस्तरहिन काम गरेको पाइएपछि यसमा इन्जिनियर ,ओभरसियर ठेकेदार र डि सहितको लापरबाही रहेको स्थानीयको आरोप रहेको हो ।

मुल्य अभिवृद्धि कर बाहेक जानकी निर्माण सेवा द्वारा सुचारु गरिएको १२ लाख ३१ हजार ५ सय ४० रुपैया बराबरको लागतको ग्र्याभेल कार्यमा लापरबाही भएको भन्दै सोमबार बिष्णुपुर गापा १ स्थित नहर सडकमै स्थानीयले चर्को बिरोध गरेका छन । स्थानीयहरुले कमला सिचाइ ब्यबस्थापन कार्यलयले बिकासको बजेट पानी र बालुवामा मिसाई रहेको छ ।

आफुहरु एस्टिमेट बमोजिम गुणस्तरीय काम गर्न आग्रह गरेपनी प्राबिधिक बिद्यानन्द साह र सिचाइ प्रमुख बिरेन्द्र यादव र ठेकेदार सौखिया पासमानको मिलोमतोमा कमसल काम भैरहेको मात्र होइन नहर जलाधार संरक्षणको साटो झन नहर पुरिने काम भैरहेको जनाएका छन । स्थानीयहरुले भने , यति मात्र होइन सिचाई ब्यबस्थापन कार्यलयको कर्मचारीहरुको बिगतको रबैया पनि यस्तै रहेको छ ।

उनिहरुले किसानलाई खेतमा पानीको आवश्यकता भएको बेला उचित सहज सिचाइको सुबिधा ब्यबस्थापन नगरिदिने र बिकासको पैसा कुमल्याउन कमसल कामहरुमा बढी चासो राख्ने यी कर्मचारीहरु भ्रष्ट हो उदाहरण मात्रै देखाएको छु भने । साथै पुर्बी नहर प्रणालीमा जानकी निर्माण सेवा कन्स्ट्रक्सनले गरिरहेको सडक ग्र्याभेल कार्य बिना समन्वय सहकार्य मनोमानी तरिकाले भैरहेको स्थानीय जनप्रतिनिधि गापा अध्यक्ष सत्यनारायण यादव र वडा नम्बर १ को अध्यक्ष भोगेन्द्र प्रसाद यादवले बताए ।

गापा अध्यक्ष र वडा अध्यक्ष यादवले नहर र शाखाहरु हुँदाहुँदै पनि कृषकहरू अकाशे पानीको भरमा बस्नु परेको चिन्ताको बिषय रहेको भन्दै नहरको जग्गा अतिक्रमण गरि बनाइएको घर , टहराहरु समेत खाली गराएर एस्टिमेट बमोजिम कार्य गर्नुपर्ने पटक पटक प्राबिधिक ,डि र ठेकेदारलाई सुझाउँदा सुझाउँदै पनि एस्टिमेट देखाउन पनि आलटाल गर्ने कर्मचारीहरु कार्यशैली बस्तवमा लापरबाही नै हो बताए । स्थानीयहरु सँगै उनी जनप्रतिनिधिहरु पनि एस्टिमेट बमोजिम गुणस्तरीय कार्य गर्न प्राबिधिक र ठेकेदारलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...