नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरको छेटौ अधिबेशन सम्पन्न

  • माघ १, २०८०
  • ७६५ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / सिरहा । परोपकारको क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरको छेठौं अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिरहाको सभापति राजदेब यादव प्रमुख आतिथ्य र बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न गरिएको उक्त अधिबेशन कार्यक्रममा वडा देखि पालिका स्तरको जनप्रतिनिधि तथा समाजको विभिन्न बुद्धिजीवी भद्रभलादमी , समाजसेवी स्थानीय बिद्यालयका शिक्षक लगायत महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

  अधिबेशन कार्यक्रममा विभिन्न बक्ताहरुले रेडक्रस उपशाखा राजपुरको काम कर्तव्य अधिकार सहित यश गैरनाफामुलक संस्थाको उदेश्यको बारेम आ- आफ्ना बिचार मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बिपदको समयमा काम गर्ने यस्ता संस्थाको बिकासको लागि स्थानीय सरकार बाट सहमति समन्वय र सहकार्यका साथ हुन सक्ने सहयोग र बिकासको लागि आफ्नो कदम सदैव अग्रसर रहने बताएका थिए भने गाउँपालिकाको पुर्व अध्यक्ष जागेशर यादवले शिशु अबस्थामामै रहेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरको उन्नति प्रगतिको लागि थप सहयोगको आवश्यकता छ । बताएका थिए ।

यस्तै कार्यक्रममा बिष्णुपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्ष प्रमोद कुमार यादव , ३ को अध्यक्ष जय कुमार यादव र ४ को अध्यक्ष रामबाबु यादव लगायत शिक्षक , पत्रकारले आफ्ना बिचार र प्रतिबद्धता राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शान्त बाताबरणमा सफलताको साथ उपशाखा राजपुरको सभापति जिबनाथ यादवको अध्यक्ष्तामा सम्पन्न गरिएको उक्त अधिबेशन कार्यक्रममा संस्थाको सचीव गोपाल नारायण श्रेष्ठले आ. ब.२०७९/ ८० को अडिट प्रतिबेदन सहित आय- व्यय प्रस्तुत गरेका थिए भन्ने कार्यक्रमको संचालन तथा उद्घोषण शिक्षक दिनेश कुमार यादवले गरेको थियो ।

रेडक्रस सोसाइटी उपशाखा राजपुरको आम्दानीको स्रोत साधनको रुपमा हाल एउटा एम्बुलेन्स सेवा मात्र रहेको छ । खुला र बन्द सत्र गरि दुई सत्रमा ब्यबस्थित रुपले गरिएको उपशाखा राजपुरको छेठौं अधिबेशन बाट जिबनाथ यादव सभापति रहने गरि जम्मा नौ सदस्यीय कार्यसमिति चयन गरेको संस्थाको सचीव गोपाल नारायण श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...