मिर्चैया नगरपालिकाको मेयरको गाडि चोहर्वाको दारु भट्टीमा

  • पुस १५, २०८०
  • २७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सम्बाददाता सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू भट्टीमा भेटिएको छ । तर, यस विषयमा बुझ्न खोज्दा मेयर यादवले पत्रकारलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । उनले पत्रकारलाई फटाहा भन्दै आफै गाडी लिएर त्यहाँ गएको र आफूले राम्रो गरेको बताएका छन् । मेयर यादव निर्धक्क भएर सरकारी गाडीलाई कतिसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको यो उदाहरण मात्रै हो । मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत छोराछोरीलाई छाड्न पनि सोही गाडी प्रयोग गर्दै आएका छन् । यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...