मिर्चैया नगरपालिकाको मेयरको गाडि चोहर्वाको दारु भट्टीमा

  • पुस १५, २०८०
  • ४१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सम्बाददाता सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू भट्टीमा भेटिएको छ । तर, यस विषयमा बुझ्न खोज्दा मेयर यादवले पत्रकारलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । उनले पत्रकारलाई फटाहा भन्दै आफै गाडी लिएर त्यहाँ गएको र आफूले राम्रो गरेको बताएका छन् । मेयर यादव निर्धक्क भएर सरकारी गाडीलाई कतिसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको यो उदाहरण मात्रै हो । मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत छोराछोरीलाई छाड्न पनि सोही गाडी प्रयोग गर्दै आएका छन् । यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...