सरस्वतीको मन्दिरमा दलिय राजनीति , अभिभावक होइन अभिभावक नरहेकाहरु बाट बिद्यालय धरापमा

  • पुस १३, २०८०
  • १९४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा । बिद्यालय सरस्वतीको मन्दिर नै हो । सरस्वती मन्दिर भनेको समाजका हरेको अबोध बालबालिकाले ज्ञान हासिल गर्ने थलो हो । समाजका हरेक बालबालिका कोपिला फुल नै हुन । यहाँ समाजका हरेक कोपिला फुलहरु सरस्वतीको मन्दिर भित्र फुल्ने गर्छन ।

  अर्थात समाजका हरेक अबोध बालबालिका त्यो एउटा कोपिला फुल हो जो सरस्वतीको मन्दिर र समाजलाई सोभा सौन्दर्यता नै बढाउने गरेको हुन्छ । उनिहरु समाज र राष्ट्र बिकासको कडि नै हुन । र यी कोपिला फुलहरु फुल्ने हुर्कने ठाउँ नै सरस्वतीको मन्दिर भनेको बिद्यालय हो ।

आज यी सरस्वतीको मन्दिर अर्थात बिद्यालय किन र कसका कारण धरापमा छन ? बुझ्नु समाजका हरेक सचेतकलाई जरुरी छ । सन्दर्भ श्री जनता माध्यमिक बिद्यालय ( प्राबिधिक ) राजपुरको हो । जहाँ सात सय उन्नान्बे भन्दा घटी विद्यार्थी छैन । विद्यार्थी संख्या भरपुर छन तर १२ सम्म पढाइ चल्ने बिद्यालय राजपुरमा अधा दर्जन भन्दा बढी शिक्षक छैन ।

शिक्षक संख्या कम कम छन । ब्यबस्थापन पक्ष पनि सार्है कमजोर छन । शिक्षक संख्या कम र ब्यबस्थापन पक्ष ( समिति ) नभएको कारण त्यहाँको अध्यन अध्यापनको अबस्था दयनीय छ ।

घर ठड्याउन अब्बल , मुख्य खम्बा सहित साहयक खम्बाहरुको अपरिहार्यता झै एउटा बिद्यालय संचालन गर्न सक्षम र सबल ब्यबस्थापनको अपरिहार्यता हुन्छ ।

बिद्यालय ब्यबस्थापनको लागि एउटा निर्णायक अभिभावक टिमको खाँचो हुन्छ । यसको लागि सम्बन्धित बिद्यालयमा पढ्ने विद्यार्थी (कोपिला फुलहरु ) को अभिभावकहरु मध्य बाट एक ब्यबस्थापन समितीको छनौट कार्य गर्नुपर्छ । जसमा राजनिती र दलिय हस्तक्षेप पक्कै हुनुभएन । बरु राजनीति दलहरूले समिति छनौटको लागी अभिभावकहरुको लागि सहजीकरणको भुमिकामा प्रस्तुत भए अभिभावकहरु मदत पुगेको महसुस गर्छ कि ? अभिभावकहरुको कथन उत्तम रहेको बुझिन्छ ।

। अभिभावकहरु मध्ये बाट ब्यबस्थापन समिती बिशुद्द राजनीति हस्तक्षेप र दलिय प्रभाव बिना विद्यार्थी र बिद्यालय बिकासको लागि छनौट गर्नु पर्ने हामी सबैको नैतिकता र मानवीयता नै हो । तर ठिक त्यसको विपरीत श्री जनता माध्यमिक बिद्यालय ( प्राबिधिक ) राजपुरको ब्यबस्थापन समिती छनौटमा दलिय राजनीति र अभिभावक नरहेकाहरुले प्रभाव जमाइरहदा सरस्वतीको मन्दिर बिद्यालय अभिभावक होइन अभिभावक नरहेका हरु बाट धरापमारापमा परेको बताइन्छ ।

२००७ सालमा नै स्थापना भएको जनता माध्यमिक प्राबिधिक बिद्यालय राजपुर शिक्षा र प्रबिधिको बिकास सँगै किन फन्को मार्न सकेन ? समाज र विभिन्न दलका सचेतक सहित यस समाजको बुद्धिजीवीहरुको लागि गम्भीर प्रश्न छ । त्यसैले अब हामी एकजुट एकमतका साथै समाजको आमुल्ल परिवर्तनको लागि शिक्षा र अन्य क्षेत्रको बिकासमा बाधक नबनौं ।

पढाइ र दिवाखाजा बाट बंचित भैरहेको हाम्रा कोपिला फुल र बिष्णुपुर गाउँपालिका भित्र रहेको एक मात्र सान प्राबिधिक बिद्यालय राजपुरको बिकासमा जुटौं । धरापमा रहेको विद्यार्थीको भबिष्य र प्राबिधिक सहितको बिद्यालयलाई जोगाऔं । यसमै हाम्रो कल्याण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...