आफ्नै नाममा दर्ता रहेको जग्गा भोगचलनमा तिनको बदमाशी !

  • पुस १२, २०८०
  • २७१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स, सिरहा / अग्निसार कृष्ण संवरण गाउँपालिकाकी अंजली शर्मा ठाकुर जो बर्ष ३२ कि छिन । उनी सभ्य ब्यबहारकी महिला छिन ।
आपसी विवाद झैँझगडादेखी परै बस्ने शर्मा मानिसले दिने उपद्रव र बदामाशिलाई समाजको बिकृतिको रुपमा लिने गरेकी छन । तर भन्ने समाजको बिकृतिको रुपमा रहेको उपद्रव र मानिसको बदमासी गतिविधिको घेरा बाहिर उम्किन नसकेपछि सार्है पीडामा रहेकि दुखेसो पोख्छिन अँजलि शर्मा ।
उनले आफ्नै नाममा दर्ता रहेको ८ कठ्ठा जगा भोगचलनमा समाजकै तीन जनाले उपद्रव दिदैं बदमासी गरेको प्रदेश टाइम्सलाई बताउँछिन ।
कुरो २०७४ साल भन्दा पहिलेको हो । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ मा हाल अंजली शर्माको नाममा दर्ता रहेको करिब ८ कठ्ठा जग्गा २०७४ साल भन्दा पहिले रामकिसुन सिहंको नाउँमा रहेको थियो ।
रामकिसुन सिंहले उक्त ८ कठ्ठा जग्गा रामजानकी फाइनान्स जनकपुरमा धितोमा राखेर ऋण उठाएको थियो । हैसियत भन्दा बढी ऋण टाउकोमाथी लिएको कारण सहकारीको ब्याज सम्म नतिर्न सक्ने अबस्थामा पुग्यो ।
आफ्नो साँवा ब्याज असुल उपर गर्न रामजानकी फाइनान्स जनकपुरले उक्त जग्गा निलामी अर्थात डाक बोलाईयो । ब्याजै बुझाउन नसकिने प्रस्थितिमा लम्बा दण्डवत तानिरहेको जग्गा धनी रामकिसुन सिंहले साँबा र ब्याज दुईटै बुझाई डाक थामेर जग्गा आफ्ना नाउँमा दर्ता कायम राखन असफल नै भयो । सफलता पाएन ।
जग्गा डाक बोल्यो । उक्त जग्गाको डाक धनुषाको जनकपुर बस्ने अशोक चौधरीले थामे । चौधरीले डाक बमोजिमको रकम बुझाइ निलामी जग्गा २०७४ सालमा आफ्नो नाममा दर्ता गराए ।
६ बर्ष पश्चात् जनकपुर बस्ने अशोक चौधरी पनि आफू बसेको ठाउँ भन्दा जग्गा टाढै रहेपछि भोगचलन गर्न अप्ठ्यारो महसुस गर्दै ग्राहक खोजी बेच्न निर्णयमा पुगे ।
२०८० ज्येष्ठ २२ गतेको दिन अशोक चौधरीले गोलबजार ६ स्थित उक्त ८ कठ्ठा जग्गा सप्तरीको अग्निसार कृष्ण संवरण गाउँपालिका वडा नम्बर ३ बस्ने अंजली शर्मा सँग बिक्री गरे र गोलबजार ६ बस्ने दिनेश ठाकुरको छोरी अंजली शर्माले खरिद गरि आफ्नो नाउँमा दर्ता गराउँदै लालपुर्जा बनाउन सफल भइन ।
आफ्नै नाउँ र हकभोगमा रहेको जग्गा सम्पत्ति भोगचलन शान्तिपुर्वक उपभोग गर्न पाउने अधिकार कानुन र सबिधानमा नै शुनिश्च्तताका साथ उल्लेख गरेको छ । अर्काको जग्गा सम्पतिमा कसैले लोभ लालच गर्नु कानुनले अपराध नै मानेको ब्यबस्था रहेको बेला आफुले आफ्नै नाउँमा रहेको जग्गा सम्पती भोगचलन गरिरहदा विभिन्न ब्यक्तिहरु राजकुमार सिंह ,शिबनाथ साह र धनिकलाल महतोले यसमा उपद्रव र बदमासी गरिरहेको ३२ बर्षिय अँजली शर्माले भावबिभोर हुँदै प्रदेश टाइम्सकर्मिलाई सुनाईन। "
उनले गोलबजार नगरपालिका वडा ६ बस्ने धनिकलाल महतो , सोही ठाउँ बस्ने राजकुमार सिंह र शिबनाथ साह तीन जना रहेको बताउँछिन । " यी तीन जनाले आफ्नो नाउँमा रहेको जग्गामा भएको विभिन्न बोटबिरुवा सहित जगा सुरक्षाको लागि लगाइएको तारबार समेत चोरी गरि लगेको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय समेतमा निवेदन गरेपनी उपद्रव र यी तीन ब्यक्तिको बदमासी बाट फुर्सद नापाएको भन्दै क्षतिपूर्ति सहित कार्यबाही गर्न समेत माँग गरेकी छन ।
आफ्नै नाममा रहेको जग्गा ऋणकै कारण जग्गा सुरक्षीत राख्न सकेन राम किसुन सिंह । आज उसको छोरा राजकुमार सिंह जग्गा मोहमा परि उपद्रव र बदमाशिमा लाग्नु कतिको जायज ? अवाज उठाउँछन स्थानीयहरु ।
जग्गा डाक बोलेर अरुले खरिद गरेको बेला नै विभिन्न अडा अदालत , पुनरावेदन गुहारेको थियो , रामकिसुन । जति गरेपनि सत्यको हार भएन ।
जग्गा अशोक चौधरीले नै पायो । यति भैसकदा पनि अर्काको जग्गा मोहमा फसेका राम किसुनको उतराधिकारी राजकुमार सिंह ग्रुपमै उपद्र्व र बदमासी गर्न छोडेन । विभिन्न निकायमा जानकारी गराउँदै अंजली शर्मा न्यायको प्रतिक्षामा !

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...