दाइजो कारण कुसुमको हत्या न्याय माग्दै सिरहामा चक्काजाम

  • मंसिर ८, २०७६
  • १५६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेशटाइम्स सम्वाददाता, धनुषाको मिथिला बिहारी नगरपालिकामा रहस्यमयी मृत्यु भएकी महिलाको लागि न्याय माग्दै सिरहामा चक्काजाम गरिएको छ ।

घटनाको उजुरी प्रहरीले नलिएको भन्दै माइती पक्षद्धारा आईतबार विहान सिरहाको पुरोना चोहर्वा्स्थित पूर्वपश्चिम राजमागमा चक्काजाम गरिएको हो । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजी टोल माइती भई धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वर बस्दै आएकी करिब २२ वर्षीया कुसुम मण्डलको शुक्रबार राति रहस्यमयी मृत्यु भएको थियो । दाइजोमा दिएको मोटरसाईकल नामसारी नगरिदिएको निहुमा कुसुमका पति करिब २८ वर्षका प्रकाश मण्डलले उनको हत्या गरेको माइती पक्षको आरोप छ ।कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाईकलको नामसारी आर्थिक अभावका गर्न नसकेको जनाए । मोटरसाईकल नामसारी नगरेकै कारण आफ्नो छोरीको हत्या भएको उनको आरोप छ । डेढ वर्षअघि मात्रै कुसुमको धनुषाका प्रकाशसँग विवाह भएको थियो ।छोरीको हत्या भएको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिन जाँदा प्रहरीले नलिएको भन्दै माइती पक्षले सडकमा टाईर बोलर चक्काजाम गरेका हुन् । चक्काजाम भएको केहीबेरपछि प्रहरीले राजमार्ग खुलाएका थिए । चक्काजाम खुलाएर माइती पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...