कल्याणपुर भेडियाकी एक दलित सरिता महरा कसरी ठगिन ?

  • पुस ९, २०८०
  • ८२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । आफ्नो घरपरिबारको जिबिकोपार्जन गर्न सरिता महराकी श्रीमान उमेश महरा बिदेसिए । बिदेशबाट केहि दिनका लागी छुट्टि लिएर आफ्नो घर फर्केपछि कल्यणपुर महौलिया नजिक मोटरसाइकल दुर्घटनामा उनको श्रीमानको मृत्यु भयो । मृत्यु भएपछि घर-परिबारमा उनि एक्लि भइन,जम्मा तिन जनाको परिबार मध्ये एक जना ससुरा,आफु र श्रीमान थिइन । जसमा उनकि ससुरा हाल सिरहा कारागारमा कैदी जिबन बिताइरहेका छन । सम्पतिको नाउँमा घडेरि बाहेक अरु केहि नभएपछि उनि आफ्नि माइती कल्याणपुर(भेरिया) पुग्छिन,त्याहा पनि घरको अब्स्था दयनिय थियो । गरिबि जिबनमा,काम गरेर माइतमा बस्दै आइरहदा उनलाई एक जना धनुषा जिल्ला को बिनोद यादब सङ्ग आफ्नो पिडा राख्दा उनले आफु बिमा कम्पनि सङ्ग कुरा गरेर पैसा मगाइ दिने कुरा गरे । त्यसपछि सरितालाइ लिएर बिनोद बिमा दाबि गर्न सबै प्रकृया मिलाएर पैसा ७ लाख मगाइदिन्छन जसबाट उनले सरिता सङ्ग खर्चको नाउमा चेकमा हस्ताक्षर गरेर १ लाख लिन्छन,पछि फेरि अर्को किस्ता १३ लाख आउदा,त्यसबाट ५ लाख लिन्छन । सरिताले मलाई यो चेकमा किन हस्ताक्षर गराउदै हुनुहुन्छ भनेपछि सबै प्रकृया मिलाउन पैसा दिनुपर्छ,तिमिले मलाई पैसा नदिए म गाउँ गएर पैसा बारे सबैलाइ जानकारि गराइ लुटपाट गराइदिने धम्कि दिन्छन पछि उनि बाध्य भएर डरले पैसा दिन पुग्छिन । यसरि एउटा दलित समुदायकि महिला ठगिको सिकार बन्न पुगेकि छिन । यसरि ठगिएको कुरा स्थानीय जनमता पार्टी बाट कल्याणपुर नगरपालिकाका प्रत्यासि उम्मेदवार धनिक लाल मण्डलले थाहा पाएपछि,उनको घरमै पुग्दा ठगिएको कुरा बुझे । धनिक लालले कागजपत्र हेर्दा यो बिमाबाट प्राप्त भएको रकम मात्र देखे त्यपछि उनले कम्पनिबाट समेत पैसा दिलाउन पहल सुरु गरे पछि १८ लाख रकम सरिताले प्राप्त गरिन । उनले,ठगिएको रकम ६ लाख फिर्ता गराउन समेत पहल सुरु गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...