पुर्ण सरसफाइ अभियान अन्तरगत बिष्णुपुर गापा वडा २ कौवहा टोल सफा र स्वच्छ घोषणा

  • मंसिर २७, २०८०
  • १४६६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । एक घर एक चर्पी सहित सिरहा जिल्लालाई पुर्ण सरसफाइ युक्त जिल्ला बनाउने लक्ष्य अन्तरगत सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ कौवाहा सफा र स्वच्छ टोलको रुपमा घोषणा भएको छ । पुर्वमा पुर्बी नहर , पश्चिममा रजोखैर , उत्तरमा ललभितिया टोल र दक्षिणमा राजपुर क्षेत्र भित्र पर्ने ६९ भन्दा बढी विभिन्न समुदाय सहित पुर्ण सरसफाइ परियोजना अन्तर्गत कौवाहालाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो । त्यहाँको विभिन्न समुदाय सहित कौवाहा टोल बासिहरुले सफा र स्वच्छ क्षेत्रका लागी आवश्यक सुचकहरु पूरा गरिएपछि डब्लु -वाश - सिसि बाट प्रमाणीकरण पश्चात् यस टोललाई सफा र स्वच्छ टोलको रुपमा घोषणा गरिएको बिष्णुपुर गापा वडा न २ को अध्यक्ष प्रमोद कुमार यादवले बताएका हुन । स्वघोषणा तथा प्रतिबद्धता सहित सफा र स्वच्छ टोल घोषणा भएपछि यहाँको समुदायले एक फडको मारेको मात्र होइन यहाँको समुदाय रुपान्तरणको पाटोमा देखिएको छ बुद्धिजीवी सर्वसाधारण सहितको आंकलन रहेको छ । कार्यक्रममा स्थानीय राजु यादव , प्रदिप यादव , गोपाल नारायण श्रेष्ठ , गुरुशर्ण यादव, गौरी शंकर ठाकुर ,गुलाब देबि यादव , ममता यादव , मिथिलेश झा, गोकुल प्रसाद श्रेष्ठ ,देबनाथ यादव , सन्तोस यादव , हरि साह ,राजदेब साह ,शान्ति देबि यादव ,श्यामो देबि यादव , सुनिता यादव ,उर्मिला देबि यादव , राम रतन यादव र  जितेन्द्र यादव लगायत अन्य भद्र बलादमी समाजसेवीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...