सिरहामा मोटरसाइकल दुर्घटनामा परि तिनको मृत्यु एक घाइते

  • मंसिर ६, २०८०
  • ४८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहाको सन्हैठामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

    हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २(०१(००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो।

     दुर्घटनामा अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ।

    सोही ठाउँका १५ वर्षीय युवराज यादव गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ। (MK)

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...