विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्न पुर्व विद्यार्थी समाज राजपुरले गरे पालिका स्तरीय प्रतियोगिता

  • कार्तिक २४, २०८०
  • २७०२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ २३ कार्तिक ,  सिरहा । विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्न पुर्व विद्यार्थी समाज जनता माध्यमिक ( प्राबिधिक ) बिद्यालय राजपुरले पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम गरेका छन ।

    IMG20231109142922 खासगरी विद्यार्थीहरुको बौद्धिक क्षमतामा प्रत्यक्ष रुपले प्रभाव पर्ने भएकोले विद्यार्थीहरुको मनोबल तथा उत्प्रेरणाको लागी बिष्णुपुर गाउँपालिका स्थित रहेको विभिन्न चार वटै सामुदायिक बिद्यालयहरुको विद्यार्थीहरुलाई सहभागी गराई अन्तर माध्यमिक पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता गराएका हुन ।IMG20231109155118

 अन्तर माध्यमिक सामुदायिक बिद्यालयहरुको पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता कार्यक्रममा जनता माध्यमिक (प्राविधिक) बिद्यालय राजपुर, जनता माध्यमिक बिद्यालय थलहा कटहा, जनता माध्यमिक बिद्यालय गौरिपुर र लक्ष्मी माध्यमिक बिद्यालय लक्ष्मीपुर सहभागी भएका थिए । सहभागी चार वटै बिद्यालयहरु बाट एक छात्रा सहित जम्मा चार चार विद्यार्थीहरु गरि १६ जना विद्यार्थीहरुलाई सहभागी गराएका थिए । नेपालीहरुको महान चाड पर्व दशैं ,दिपावली र छठ पर्वको महान अवसरमा आयोजित उक्त कार्यक्रम उत्साह र उमंगका साथ सभ्य भब्य र शान्ति बाताबरणमा सम्पन्न भएको थियो । FB_IMG_1699588773853

    हाजिरी जबाफ प्रतियोगिता एक बौद्धिक ज्ञानको खेल प्रतियोगिता भएकोले यसमा सामान्य ज्ञानमा आधारित प्रश्नहरु सहभागी बिद्यार्थी समुहलाई राउन्डम सोध्ने गरिन्छ र जबाफ लिइन्छ । प्रश्नको सहि जबाफ दिने विद्यार्थी समुह लाई अंक प्रदान गर्ने गरिन्छ । यसै अनुरुप पुर्व विद्यार्थी समाज जमाबी राजपुरले गरिएको बौद्धिक ज्ञानको हाजिरी जबाफ प्रतियोगिता खेलमा जनता मबि (प्राविधिक ) राजपुर प्रथम स्थान , जनता माबी थलहा कटहा दोस्रो स्थान , जनता माध्यमिक बिद्यालय गौरिपुर तेस्रो स्थान र लक्ष्मी माबी लक्ष्मीपुर चौथो स्थान ल्याउन सफल भएको पुर्व विद्यार्थी समज राजपुरको सदस्य तथा कार्यक्रमको अध्यक्ष राम पुकार यादवले बताए ।IMG20231109141654

   साथै हाल नेपालका विद्यालय,कलेज,तथा स्थानीय टोलहरूमा विभिन्न अवसरमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढदै गैरहेको समेत उनले बताए । FB_IMG_1699588825004

कार्यक्रमको प्रमुख अतिथि बिद्यालय निरीक्षक दिप कुमार यादवले यस्ता किसिमको शैक्षिक उन्नति प्रगति तथा विद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि हुने कार्यक्रमले विद्यार्थीहरुको पढाई प्रती उच्च मनोबल समेत बढ्ने बताए  ।

   कार्यक्रमको उद्घोषण पुर्व विद्यार्थी समाज राजपुरको सदस्य मनोज यादव र बिद्यालय शिक्षक जागेश्वर कामतिले गरेको थियो । FB_IMG_1699588792154

    विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उक्त कार्यक्रममा पुर्व विद्यार्थी समाज रजपुरको सचीव तथा बिद्यालयको प्रधानाध्यापक प्रदीप यादव सहित पुर्व विद्यार्थी समाजको सदस्य रंजित यादव सदस्यहरु सतेन्द्र यादव ,रामबिनय यादव , शिक्षकहरु अशेश्वर यादव,ज्ञान कुमार यादव पबन दास, मोहन यादव , अनिल साह शिक्षिका गिता कुमारी यादव । मन्जु यादव कविता कुमारी यादव लगायत सम्पुर्णको सक्रिय भुमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...