पछिम नेपालमा मानवीय क्षति सहितको भुइँचालो

  • कार्तिक १८, २०८०
  • २०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा: कार्तिक १८। देशमा संकट बढिरहेको बेला प्राकृतिक विपति आएको छ । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभएको छ । भूकम्पबाट जाजरकोट सहितका केही जिल्लाहरुमा मानवीय क्षतिसहित घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन । भुकम्पबाट जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको समेत निधन भएको छ । रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको बताउनु भएको छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार भुइँचालोले घर भत्किँदा ९ जनाको मृत्यु भएको छ र थप विवरण आउन बाँकी रहेको जानकारी दिए । भुकम्पले रुकुम पश्चिम स्थित घाईतेहरुको जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटमा उपचार भइहेको बताइएको छ । भुइँचालोले गर्दा जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनु भएको छ भने रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनु भएको छ । भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूहरुले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यसतै जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको बताउनु भयो छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताउनु भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडकको दुई स्थानमा पहिरो गएको कारण उद्धारमा समस्या भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...