प्रधानाध्यापक रुपेश सराफको हत्यामा संलग्न पाँच जना सार्वजनिक

  • कार्तिक १५, २०८०
  • ४६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बारा । प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्। यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन्। उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ। यस्तै, प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका दुई भारतीय नागरिकहरू पनि पक्राउ परेका छन्। भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गर्थे। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ। भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन्। उनीहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्‍तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ। मनोज पनि विवाहित नै रहेको प्रहरीले जनाएको छ। यता प्रिन्सिपल स्वर्णकार र राधाबीच पनि सम्बन्ध रहेको देखिएको हो। त्यही विषयलाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...