दशैको समापन सँगै बिष्णुपुरमा झिझिया प्रतियोगिता सप्पन्न

  • कार्तिक १०, २०८०
  • ९०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सतेन्द्र यादव / कार्तिक ९ बिष्णुपुर सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका हरिनगरा दुर्गा मन्दिर परिसरमा घटस्थापनाको राति देखि नै शुरू गरिएको झिझिया औपचारिक रूपमा बुधबार समापन्न भएको छ । जय माँ दुर्गा मेला समिति बिष्णुपुर द्धारा आयोजित झिझिया कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै कार्यक्रम समापन्न गरिएको हो । FB_IMG_1698259391707 आयोजित झिझिया कार्यक्रममा जम्मा ११ वटा टीम सहभागी रहेको थियो । सहभागी झिझिया टीमहरु मध्ये जय माँ दुर्गा झिझिया समूह हरिनगरा, दिना भद्री झिझिया समूह गौरीपुर, धर्मपुर झिझिया समूह धर्मपुर, ज्योती झिझिया समूह बिष्णुपुर, शलहेश झिझिया समूह लक्ष्मीपुर गरि जम्मा पाँच समुह प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने बिष्णु झिझिया समूह बिष्णुपुर, कबिर झिझिया समूह गढीया, माँ कमला झिझिया समूह हरिनगरा दोस्रो र माँ भगवती झिझिया समूह गौरीपुर, माँ शेरावाली झिझिया समूह रोज वड स्कुल, माँ बैष्णो देवी झिझिया समूह तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यसै गरी प्रथम स्थान हासिल गर्ने पाँच वटै झिझिया समूहलाई १२,५००।– का दरले नगद राशी र दोस्रो स्थान हासिल गर्ने समुहलाई १०,००५।– र तेस्रोलाई ९००५।– नगद राशी सहित पुरस्कार वितरण गरेको थियो । FB_IMG_1698259373872 अत्यन्त मनोरञ्जन र शान्त सुन्दर वातावरणमा संचालित झिझिया कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव, बिशिष्ट अतिथि नेपाली कांग्रेसका प्रत्यासी गा.पा. अध्यक्ष कुशेश्वर यादव, नेकापा माओबादीका हजारी साह, मेला समितिअध्यक्ष किशुनदेव यादव निर्णायक समिति संयोजक अशेश्वर ठाकुर रेडियो नेपाल सिरहा सम्बाददाता तथा प्रदेश टाइम्स दैनिकको सम्पादक राम पुकार यादव , IMG20231023210026 मिथिला रत्नको सम्पादक शिबदयाल यादव सिरहा अनलाइन डटकमका संचालक नरेशचन्द्र बरबरिया लगायत  प्रदेश टाइम्स दैनिक को सहकर्मी संचारकर्मीहरु सतेन्द्र यादव ,राम दयाल यादव साथै जग्गा दता, बिष्णु मण्डल, जोगीन्द्र कामती, शिवदयाल कामती ,रजपैत ठाकुरको उपस्थितिमा प्रतियोगीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । नियमित रुपले १० दिन सम्म धुमधामका साथ गरिएको कार्यक्रमको उद्द्घोषन स्थानिय शिक्षक राम तपेश्वर साहले गरेको थियो ।IMG20231025000352

 यस्तै बिष्णुपुर गाउँपालिका वडा नम्बर २ रजोखैर र वडा नम्बर ४ थलहा कटहामा पनि बडा दशैको उपलक्ष्यमा  झिझिया प्रतियोगिता गराउँदै पुरस्कार बितरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...