नवरात्रीको दोस्रो दिन आज ब्रह्मचारिणीको पुजा गरिदैं

  • आश्विन २९, २०८०
  • १६१ पटक पढिएको
  • राम पुकार यादव
alt

नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो ।

   नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ ।

नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको पूजा–अर्चना गरिन्छ । यो दिन मातालाई शख्खर र पंचामृतको भोग लगाउनाले दीर्घायूको आशीर्वाद प्राप्त हुने जनविश्वाश छ ।

   ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण वाली भन्ने हुन्छ । यस प्रकार ब्रह्मचारिणीको अर्थ तपस्याको आचरण गर्ने भन्ने बुझिन्छ ।

ब्रम्हचारिणीको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...