कलशस्थापन गर्दै महान चाडपर्व नवरात्री शुरु

  • असोज २८, २०८०
  • १८९५ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा असाेज २८ । आज देखि देश भरिनै माता शारदा देबिको पुजापाठको लागी बिधि पुर्वक कलश्स्थापन गरि महान चाडपर्व नवरात्री शुरु भएको छ । नवरात्रीको नौ दिन सम्म दुर्गाको विभिन्न स्वरुप र शक्तिलाई पुजा आर्चना गरि हिन्दुहरुको महान चाड बिजयादशमी तथा नवरात्री मनाउने गरिन्छ ।IMG20231015093250

आज आइतबार घटस्थापना मुहर्तको लागी ११ बजेर ४४ मिनेट देखी १२ बजेर ३० मिनेटको समयलाई शुभ संकेत मान्दै शारदीय दुर्गाको मठ मन्दिरमा कलशस्थापन कार्य गरिएको हो । नवरात्रीको दौरान सिरहाको पनि विभिन्न ठाउँहरुमा कलशस्थापन गरिएको हो । सिरहाको बिष्णुपुर हरिनगर , कौवहा राजोखैर,मिर्चैया , गोलबजार लहान सुखिपुर, सिरहा लगायत विभिन्न अध्यात्मिक मठ मन्दिरहरुमा धुमधामका साथ कलश्थापन गरि नवरात्री शुरूवात गरिएको हो । यश सँगै लोक संस्कृति अनतर्गत रहेको झिझिया नाचगान पनि शुरु भएको हो ।IMG20231015120005

खासगरी घट स्थापनाको लागि मिट्टी अथवा अष्टधातुको घैटो शुभ कोणमा स्थापित गरि कलशस्थापन गर्ने गरिन्छ । IMG20231015135342 कलशलाई ब्रह्मांडको प्रतीक र त्यसको केंद्रमा सम्पुर्ण देवी देवता रहेको मान्यता रहेको छ भन्ने कलशको मुखमा भगवान विष्णु, कांन्डमा रूद्र र कलशको मूलभागमा ब्रह्माजी निवास रहेको मान्यता छ । कलश स्थापनाको लागि पूजन सामग्री कलश स्थापना र माता दुर्गाकी पूजामा सोलह श्रृंगार को सामानहरुको आवश्यकता रहन्छ ,IMG20231015100846

त्यसैले यसको लागि सम्पुर्ण समानहरुको तयारी गर्दै कलश स्थापना को लागी मौली, कलश ,पाँछ वटा आँपको पात रोली, सिक्का, शुद्ध मिट्टी, रातो कपड़ा, गेहूं, गंगाजल और अक्षतको आवश्यकता हुन्छ । यश सँगै पीतल तथा माटो बाट बनेको दीप जौ , गेहूं, नारियल, रूई, बत्ती आदिको पनि जरुरी हुन्छ । यी विभिन्न सामग्रीहरुको उचित ब्यबस्थापन गरि कलश स्थाप्न कार्य गर्ने गरिन्छ ।IMG20231015120005

यस्तै कार्यहरू गरि आज सिरहाको विभिन्न गाउँ शहर बजार हरुको माता दुर्गाको मठ मन्दिरहरुमा कलशस्थापन गरि नवरात्री अर्थात बिजयादशमिको शुरुवात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...