स्थानीय तहका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा प्रभावित, स्थानीय तहका कर्मचारीहरु निरन्तर संघर्षमा

  • असोज १९, २०८०
  • ६८० पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरुले थालेको निरन्तर संघर्षका कार्यक्रमहरुले स्थानीय तहका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा प्रभावित भएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा प्रबाह नगर्ने गरि स्थानीय तहका कर्मचारीहरुलेअनिश्चितकालिन पेनडाउन कार्यक्रम गरिए पछि सेवा प्रभावित भएको हो । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले असोज १९ गते देखि देश भरिका ७५३ वटै स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरि राष्ट्रसेवक कर्मचारीहरुलाई अनिश्चितकालिन पेनडाउन गर्न आव्हान गरिए संगै सोही बमोजिम स्थानीय तहका कर्मचारीहरुले आज सिरहाको बिष्णुपुर गाउँपालिका लगायत अन्य स्थानीय तहहरुमा आन्दोलनका कार्यक्रममा एक्यवद्धता जनाउन दवाबमुलक कार्यक्रम पेनडाउन गरिएको गाउँपालिका तथा संघर्ष समिति सिरहाका संयोजक दिप कुमार यादवले जानकारी गराएका हुन । यश भन्दा पहिले कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी ,सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई दबाव सृजना गर्न संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए । संम्बन्धित पक्षहरु बाट केहि सुनबाई नभएपछि अनिश्चितकालीन रुपमा नै पेनडाउन कार्यक्रम गर्नुपरेको कर्मचारी सुन्दर गोइत र राम प्रवेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...