बिचल्लीमा देवीका सदाय

  • आश्विन १९, २०८०
  • ३३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

असोज १९ । सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन । गोलबजार १ की २४ वर्षीय देवीका सदायलाई मिर्चैया नगरपालिका वडा नं ९ भगवानपुरका २५ वर्षीय विजय महतोले बिचल्लीमा पारेका हुन् । वर्षौंदेखि प्रेम सम्बन्धका जालमा पारेर देविकालाई विजयले सिरहाको बन्दीपुरमा कोठा भाडामा लिएर राख्दै आएका थिए । कोठमा राख्दै आएका बखत विजयले दिनभर आफ्ना घर परिवारको सम्पर्कमा रहेर बेलुका उनीसँग बस्दै आएका थिए । सँगै बस्दै आएका उनले देबिकालाई खर्च समेत दिँदै आएका थिए । सँगै बसी रहेको देविकाले गर्भ बोकेको थाहा पाएपछि झुकाएर कोठामै औषधि खुवाएर गर्भपतन गराएको देवीकाको आरोप रहेको छ । वैदेशिक रोजगारीका क्रममा कतार गएका विजयले उनलाई बेला बेलामा खर्च समेत पठाइरहेको थियो ,तर कतारबाट फर्किएका विजयले देविकालाई भित्र्याउन नमानेपछि न्यायको लागि देविकाले मिर्चैया प्रहिरीमा उजुरी दिएकी छिन् । मिर्चैया प्रहरीले विजयको अभिभावकलाई बोलाएर सामान्य छलफल गराएता पनि विजय भने फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...