बिचल्लीमा देवीका सदाय

  • असोज १९, २०८०
  • ४९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

असोज १९ । सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन । गोलबजार १ की २४ वर्षीय देवीका सदायलाई मिर्चैया नगरपालिका वडा नं ९ भगवानपुरका २५ वर्षीय विजय महतोले बिचल्लीमा पारेका हुन् । वर्षौंदेखि प्रेम सम्बन्धका जालमा पारेर देविकालाई विजयले सिरहाको बन्दीपुरमा कोठा भाडामा लिएर राख्दै आएका थिए । कोठमा राख्दै आएका बखत विजयले दिनभर आफ्ना घर परिवारको सम्पर्कमा रहेर बेलुका उनीसँग बस्दै आएका थिए । सँगै बस्दै आएका उनले देबिकालाई खर्च समेत दिँदै आएका थिए । सँगै बसी रहेको देविकाले गर्भ बोकेको थाहा पाएपछि झुकाएर कोठामै औषधि खुवाएर गर्भपतन गराएको देवीकाको आरोप रहेको छ । वैदेशिक रोजगारीका क्रममा कतार गएका विजयले उनलाई बेला बेलामा खर्च समेत पठाइरहेको थियो ,तर कतारबाट फर्किएका विजयले देविकालाई भित्र्याउन नमानेपछि न्यायको लागि देविकाले मिर्चैया प्रहिरीमा उजुरी दिएकी छिन् । मिर्चैया प्रहरीले विजयको अभिभावकलाई बोलाएर सामान्य छलफल गराएता पनि विजय भने फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...