सिरहाको कल्याणपुरमा झडप, ३६ सेल अश्रुग्यास प्रहार र पाँच राउन्ड हवाई फायर

  • असोज १९, २०८०
  • ५७१ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप भएको छ । नगर सभाको विषयलाई लिएर नगरप्रमुख रामपुकार साह र असन्तुष्ट वडाध्यक्षहरुबीच बिहीबार दिउँसोदेखि नै झडप भएको हो । दुई पक्षबीच केही दिनदेखि विवाद चलिरहेको छ । सो क्रममा असन्तुष्ट समूहले बिहीबार विरोधको कार्यक्रम गरिरहँदा नगरप्रमुख रामपुकार साहका समर्थकहरु पनि पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । असन्तुष्ट समूहले हानेको ढुंगा लागेर नगरपालिका कार्यालयको सिसाहरु फुटेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । सिरहा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीबाट २१ राउन्ड अश्रुग्यास प्रहार भएको छ भने पाँच राउन्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले पनि १५ राउन्ड अश्रुग्यास प्रहार गरेको डीएसपी पाण्डेले बताए । साँझ ७ बजेपछि स्थिति नियन्त्रणमा लिइएको डीएसपी पाण्डेले जानकारी दिए । सो क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...