सिरहाको कल्याणपुरमा झडप, ३६ सेल अश्रुग्यास प्रहार र पाँच राउन्ड हवाई फायर

  • आश्विन १९, २०८०
  • ४०८ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप भएको छ । नगर सभाको विषयलाई लिएर नगरप्रमुख रामपुकार साह र असन्तुष्ट वडाध्यक्षहरुबीच बिहीबार दिउँसोदेखि नै झडप भएको हो । दुई पक्षबीच केही दिनदेखि विवाद चलिरहेको छ । सो क्रममा असन्तुष्ट समूहले बिहीबार विरोधको कार्यक्रम गरिरहँदा नगरप्रमुख रामपुकार साहका समर्थकहरु पनि पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । असन्तुष्ट समूहले हानेको ढुंगा लागेर नगरपालिका कार्यालयको सिसाहरु फुटेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । सिरहा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीबाट २१ राउन्ड अश्रुग्यास प्रहार भएको छ भने पाँच राउन्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले पनि १५ राउन्ड अश्रुग्यास प्रहार गरेको डीएसपी पाण्डेले बताए । साँझ ७ बजेपछि स्थिति नियन्त्रणमा लिइएको डीएसपी पाण्डेले जानकारी दिए । सो क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...