उपनिर्वाचन मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत संग्रह  ः अध्यक्ष महतो

  • मंसिर ७, २०७६
  • ५१५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको कल्याणपुरमा आयोजित कल्याणपुर वडा नं.१२ को लागि भईरहेको चुनावी सभालाई सम्बोधन गर्दै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले  वडाको लागि भईरहेको चुनाव समान्य लागेपनि मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि यो जनमत संग्रह भएको बताए ।उनले अव मधेशी जनतालाई अधिकार होइन विकास मात्र चाहिन्छ भन्ने सरकारले सुखि नेपाली र समृद्ध नेपालको नारा घन्काईरहेका छन । उनले सरकारले यो नारा लगाएर मधेशमा भएको भोट बटुलेर विश्व सामु हामी मधेशीको पहिचान मेटाउन खोजेको आरोप लगाए । त्यसैले,अव हामी बेलैमा सजग भएर आफनो अधिकार र पहिचानलाई जोगाउन मतदाताहरुलाई आग्रह गरे । उनले सरकारले अव मधेशी जनताको लागि हामीले संर्घषरत संविधान संशोधनको मुदालाई समेत सखाप पार्न खोजेको छ ।एक अर्काे प्रसंगमा अध्यक्ष महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नरहेको बताएका छन् ।उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।अहिलेको अवस्थामा देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने महतोको भनाई छ ।महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरेका छन् ।राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का उधोग, बन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले भाडाको घरलाई त्यागरे अव आफनो घरमा आउन आग्रह गरे । मधेशी जनता गुलाम होइन अव आफनो अधिकार र विकास आफैले गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...