शारदा बोर्डिङमा शिक्षकले निर्घात कुटपिट गरिएको बालकलाई पाँच दिन पछि उपचार

  • आश्विन १६, २०८०
  • १२८८ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । ११ बर्षिय बिबेक यादव कक्षा ३ मा पढछ । बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ राजोखर घर हुने ती बालक विवेक मिर्चैया स्थित शारदा बोर्डिङ स्कुलमा अध्ययनरत छन । राजोखर देखि मिर्चैया टाढा भएकोले उलाई बोडर्स नै राखेको थियो । विवेकको बुवा दिपेन्द्र यादव बर्षौ देखि खाडी मुलुकमा खट्दै आएका छन । खाडिमा आफुले बगाईरहेको पसिना जस्तै आफ्ना बालबच्चाहरुले नबगाउनुपरोस सोचदै ११ बर्षिय छोरा बिबेक यादवलाई राम्रो शिक्षाको लागि शार्दा स्कुलमा बोडर्स गरेको थियो । तर भन्ने राम्रो शिक्षा त्त के झन ज्यानै मार्ने गरि पिटेर होस्टलमा राखिएको पाँच दिन पछि थाहा पाएको घटनाले उसको मन दुखिएको छ । सोमबार मिर्चैया स्थित बिष्णु क्लिनिकमा शिक्षकको पिटाईले घाइते भएको विद्यार्थी बिबेकलाई उसको आफन्तले उपचार गराएका छन । हात र खुट्टामा बेसरी चोट लागेको त्यहाँ स्थित चिकित्सकले बताए । राम्रो शिक्षा हासिल गर्न बर्षको १ लाख ३५ हजार तिर्दै आएका ती विद्यार्थीको बुवा दिपेन्द्र यादव मिडिया कहाँ फोन गर्दै भकानिए । निर्दयी भएर विद्यार्थीलाई कुटपिट गर्ने यस्ता घटनाहरु निजि बिद्दालयहरुमा बराबर देखिएको छ । अस्ति मिर्चैयाकै अक्षर पाठशालामा एक विद्यार्थीलाई निर्घात कुटपिट भएको थियो । यस भन्दा अघि मिर्चैयाको सागरमाथा बोर्डिङ स्कुलमा पानीको साटो स्प्रीट खुवाको कारण उपचार गराउँदा गराँदै एक बालिकाको मृत्यु भएको थियो । सिरहाको सारसरनाथ उच्च माध्यमिक बिधालय समेतमा एक विद्यार्थी लाई शिक्षकले पिटेपछी हेडमास्ट सहित लेखापाल ,शिक्षक र कास माथी मुद्दा नै चलेको थियो । सिरहाका सामुदायिक तथा निजि बिद्दाब्बिद्दलयहरुमा यस्ता घटनाहरूको गिन्ती छैन । बालमनोबिज्ञान नै नबुझ्ने शिक्षकहरू राखेर विद्यार्थीको जीवन अन्योलमा रहेको एक जानकारले बताए । यस प्रती निकायहरू को चासो जानू जरुरी रहेको देखिन्छ । यसरी भोलिका कर्णाधार बालबालिकाहरु दिनहुँ शिक्षक बाटै पिटिनु सुनौलो जीवन निर्माणको लागि संबेदनसिल ठाउँ मानिने शिक्षालयहरु प्रती अबिभावकको बिश्वसनियता रहन्छ र ? बेथिति नै बेथिति छन बिदालयहरुमा । बिदालयमा शिक्षकहरू हर्कत देखेर आजित छन अबिभावकहरु । मापदण्ड पनि पूरा नगरी हचुवाको भरमा निजि बिदालय संचालन गर्ने र अबिभावक लुटने रबैया ले शिक्षामा बेथिति सृजना गरेको देखिन्छ । यस्ता बिदालय र अपराधी शिक्षकहरुलाई अनुगमन अनुसन्धान गरि उचित कार्यबाही गर्नुपर्ने जरुरी रहेको देखिन्छ । पैसाको लोभमा पृन्सिपलहरुले निजि बिदालयमा तालिम प्राप्त दक्ष र स्तरीय शिक्षक नराखेको कारण आम अबिभावकहरु ठगिदै गरेका छन । त्यस्ता बिदालयहरुमा पैसा लगानी गरेर पढन पठाईएका विद्यार्थीहरु झन असुरक्षित देखिएका छन । त्यसरी नै असुरक्षित महसुस हुने बोर्डिङ हो मिर्चैयाको शारदा बोर्डिङ । जुन मापदण्ड बिपरितका निजि बिदालय हो । जहाँ स्तरीय दक्ष शिक्षकहरू को उपस्थिति छैन । दिन दहाडै बालबालिकाहरुको भबिस्य अन्योलमा पारिदै छन्न । निमुखा अबिभावकहरु ठगिदै गरेका छन । यस्ता बिदालयहरुको अनुगमन गरि चाँडो कार्यबाही होस ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...