नेपाल स्वयं सेवक संघको गरुडा नगरपालिकामा नगर कमिटी गठन

  • आश्विन १२, २०८०
  • १४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मेवालाल यादव , रौतहट रौतहट जिल्लाको गरुडा नगरपालिकामा शुक्रबार नेपाल स्वयं सेवक संघ मधेस प्रदेशको गरुडा नगर कमिटी गठन भएको छ ! मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा गरुडा नगरपालिकामा नगर कमिटी गठन गरिएको हो ! मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकको विशिष्ट अतिथि तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि कल्वारको प्रमुख आतिथ्यमा संपन्न भएको नगर भेलाबाट राकेश यादवको अध्यक्षतामा ११ सदस्य नगर कमिटी गठन गरिएको छ । नव गठित नगर कमिटीको अध्यक्षमा रोहित कुमार जयसबाल, उपाध्यक्षमा कृष्ण कुमार सिंह, सचिवमा बिजय कुमार साह , सह सचिव जयप्रकाश चौधरी , कोषाध्यक्ष अञजनी कुमारी चौधरी , सदस्यमा प्रमानन्द साह , बिकास झा , सिमा देवि साह , श्रीती जयसवाल , आरती जयसवाल , शेख अल्ताफ सर्व सहमति बाट चयन गरिएको छ ! नव गठित नगर कमिटीको शुभकामना दिदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक संघ सामाजिक सस्था रहेको र समाजमा रहेको विसंगति विकृतिलाइ हटाउने कार्यमा सक्रीय भएर लाग्नु पर्ने सुझाव दिए ! उहाले संगठन बलियो भएमा सवै बलियो हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे !

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...