जिर्ण अबस्थामा खिरौनाको जनस्वास्थ्य भवन,करोडौं लगानीका स्वास्थ उपकरण लथालिङ्ग

  • आश्विन १२, २०८०
  • ६२५ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । सिरहा नगरपालिका वडा नम्बर १४ को खिरौना जनस्वास्थ्य कार्यालयको भवन जिर्ण अबस्थामा रहेको छ । कतिखेर भत्किने ,चर्किने अबस्थामा रहेको त्यो भवनमा राखिएको स्वास्थ उपकरणहरु पनि लथालिङ्ग अबस्थामा रहेको छ । स्वास्थ्य उपकरण बिना बिरामीको जाँच पनि सम्भव छैन । बिल्डिङको माथी छत बाट चट मात्रै झरेको छैन बर्षातको समयमामा पानी पनि चुहिने गरेकोले कोठा भित्र राखिएको स्वास्थ सामग्री समेत खरब हुनेदेखिएको छ । जनस्वास्थ्य कार्यलय खिरौनामा बर्थिङ सेन्टर पनि छ । तर स्रोत साधन बिना बन्द नै छ ।IMG20230927145828 बर्थिङ सेन्टरमा उपलब्ध भएको सामग्रीहरु पनि जिर्ण अबस्थामा देखिएको छ । स्थानीय सरकार संग कति चोटि पहल गरिसके तर भन्ने उनिहरुको नजरमा खिरौना जनस्वास्थ्यको अबस्था देखिएन । देखे पनि नजर अन्दाज गरेको सुनाउँछन् कर्यालय कर्मचारीहरु ।IMG20230927150247 प्रदेश जनस्वास्थ्य कार्यालायले मधेस प्रदेशको ६४ स्थानीय तहमा प्रादेशिक ल्याब स्थापना गर्न आर्थिक बर्ष २०७८/०७९ को मसान्तको अन्तिममा २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरे ।सिरहाको पनि स्थानीय तहहरुमा उपलब्ध गराइएको थियो । IMG-20230928-WA0000 ढिलो चाँडो ल्याब सामग्री उपलब्ध भएपनी सामग्री राख्ने भौतिक संरचनाको कमिले ल्याब सामग्री लथालिङ्ग अबस्थामा रहेको जनस्वास्थ्य कार्यालय खिरौनाको प्रमुख शत्रुधन मण्डलले बताए । जनस्वास्थ्य कार्यालय खिरौना सिरहाको भवनलाई तत्काल नयाँ भवन बनाउनु पर्ने अपरिहार्य रहेको बताउँछन् खिरौनाका स्थानीय रामकबिर पासमान । उहाँले सामग्री र उपकरणहरु मात्रै उपलब्ध गराएर हुदैन । राज्यले यसको लागी भौतिक संरचनाहरुको पनि व्यबस्थापन गर्नु उतिकै जरुरी रहेको बताए । IMG-20230928-WA0002 स्थानीय सरकार र प्रदेश सरकारको सहमति सहकार्यका साथै स्वास्थ क्षेत्रमा देखिएका आजको आवश्यकता बमोजिम पुर्ण रुपले नभए पनि सामग्रीहरु त उपलब्ध भएका छन । तर ती सामग्रीहरु संरक्षित तरिकाले बचाई राख्न भौतिक संरचना निर्माणमा पनि सबै तह तथा राज्यको ध्यान जानू जरुरी रहेको स्थानीय पासमानले बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...