दशै तिहार नजिकिदै गर्दा सिरहामा बजार अनुगमन तिब्र

  • असोज १०, २०८०
  • २४३ पटक पढिएको
  • राम पुकार यादव ?
alt

दशै तिहार नजिकिदै गर्दा सिरहामा बजार अनुगमन तीब्र पारेका छन । प्रायः चाडपर्वको बेला बजारमा उपभोक्ताहरुको भिड हुने भएकोले उपभोग्य समानहरुको खरिदमा ठगिने सम्भावना बढी हुन्छ ।बजार ब्यबस्थापन लगायत मुल्यमा एकरुपता ल्याउन साथै गुणस्तरीय समनहरुको खरिद बाट उपभोक्ता बंचित नहोस भन्ने उदेश्यले सिरहाको विभिन्न बजार क्षेत्रहरूमा अनुगमन तिब्र पारेको घरेलु तथा साना उधोग कार्यलय लहान सिरहाको प्रमुख दिपेन्द्र यादवले बताए । यो साता भित्रै सिरहाको गोलबजार ,मिर्चैया लहानमा बजार अनुगमनमा कडाइ गरेको उहाँले बताए । बजार अनुगमनकै बिषयमा हाम्रो खुला सिमानाका बाट अबैध सामग्रीहरु भित्र नदिन भारत सिमानाकाको स्थलगत निरिक्षन लगायत भारतिय सिमा सुरक्षा पक्षका प्रमुखहरु संग सहमति सहकार्य गरिसकेको सिरहाको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पान्डेले जानकारी गराए । उहाँले घरायसी प्रयोजनको लागी ल्याउने उपभोग्य सामग्रीमा छुट गरेको र ठूलो परिमाणमा ल्याउने व्यपारी प्रयोजनको सामग्रीहरुमा कडाइ गरेको बताए । उहाँले चाडपर्वको बेला यात्रुहरूको चाप बढी हुन्छ । यसले ब्यबस्थापन गर्न समस्या उत्पन्न हुनेभएकोले ‘सिमा नाकामा हुने दुव्र्यहार र बढी रकम असुल्ने कार्यमाथि सुरक्षाकर्मीले निगरानी बढाएका छन ।”भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...