सिरहामा पत्रकार माथि हमला , पत्रकारको कन्चटमा चोट

  • भदौ २८, २०८०
  • ४५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल, भदौ २८ ।सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि खुडा प्रहार भएको छ । स्थानिय युवाहरूले सामाजिक संजालमा गरेको पोस्टको विषयलाई लिएर बहस गरेको र सोही समूहमा रहेका केही युवाहरूले उनी माथि खुडा प्रहार गरेको थियो । खुडा प्रहारबाट उनलाई सामान्य चोट लागेको बुझिएको छ । यता औरही चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र चौधरीले तीन जना युवाहरूलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको बताउनु भएको छ । पछिल्लो समय समाचारका विषयलाई लिएर देशका विभिन्न भागहरुमा पत्रकारहरु माथि सांघातिक हमला हुँदै आएको अवस्था रहेको छ । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी विवादको तस्बिर खिच्दै गरेको अवस्थामा केही दिन अगाडि पत्रकारहरु माथि भएको सांघातिक हमला सेलाउन नपाउँदै हुलाकी राजमार्ग अन्तर्गत रहेका औरही गाँउपालिका वडा नम्बर ५ औरही बजारमा टुडेखोज अनलाईन तथा टुुडेखोज पत्रिकाका सम्पादक सन्तोस यादवमाथि प्रहार हुनु दुखद घटना भएको मान्न सकिन्छ । प्रहारबाट पत्रकार यादवको कन्चटमा चोट लागेको अवस्था रहेको छ । स्थानिय विकास निर्माणलाई केन्द्रित गर्दै पत्रकार यादवले आफ्ना फेसबुक पेजमा स्टाटस लेखेर अपलोड गरेर राखेपछि उक्त विषयलाई लिएर उनी माथि हिजोदेखि विवाद चर्कदै गएर प्रहार गरिएको थियो । घटना स्थलमा इन्सपेक्टर सहितको टोली पुगेर घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...