असक्षम एसपी लिम्बुको कारण सिरहामा फितलो शान्ति सुरक्षा

  • भदौ १४, २०८०
  • ११५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल, भदौ १३ । सिरहामा जिल्ला प्रहरीको अक्षमता उदाङ्गिएको छ । हालसम्म शान्ति सुरक्षामा पाउनुपर्ने अनुभूति सिरहाको जनताले पाउन सकेको छैन । बोर्डरमा तस्करी बढेको छ, गाउँगाउँबाट न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएका केयौ पिडीतले हालसम्म न्याय पाउन सकेका छैनन् । सिरहाको नवराजपुरमा भदौ ११ गते दिउँसो करीब ३ बजे पोखरी विवादको क्रममा नवराजपुर गाउँपालिकाको ट्रयाक्टर तोडफोड गर्दै आगजनी गर्ने प्रयास गर्दा फोटो लिन खोजेका पत्रकार दिनेश्वर प्रसाद गुप्तामाथि १२—१५ जनाको समूहले उनीमाथी हमला गरी मोबाईल खोसेर भागेका थिए । घटनाको जानकारी दिँदै एसपी टेकु नन्द इबा लिम्बुलाई पटक पटक फोन गर्दा अपराधीलाई तत्काल नियन्त्रणमा नलिई " जाहेरी दिनुस् भन्दै दोषीलाई उम्कनका लागि वातावरण सिर्जना गरेका थिएँ । घटनाको अपराधीलाई पक्राउ गर्न असक्षम सिरहाका प्रहरीले अहिलेसम्म हमला गर्ने र मोवाइल खोस्नेको नाम ठेगाना सबै जानकारी हुँदाहुँदै पनि असक्षम प्रहरीले दोषीलाई नियन्त्रणमा लिन सकेको छैन । नवराजपुरमा भएको घटनाको दोषीलाई कानुनी कारवाहीको लागि भदौ १२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा पुगेर एसपी टेकुनन्द लिम्बुलाई नेपाल पत्रकार महासँघका अध्यक्ष सहितको टोलीले ध्यानाकर्षण सहित भेटघाट गरेका थिएँ । पत्रकारसँगको भेटघाटको क्रममा एसपी लिम्बुले " किटानी जाहेरी दिनुस् ,‘ हामी कारवाही गर्छौं " भनेका थिए । घटनामा सँगल्न अर्थात् पत्रकार गुप्तामाथि आक्रमण गर्ने चन्दनलाई पक्राउ गरेता पनि उनलाई राजनीतिक दवावमा सिरहाका एसपी टेकुनन्द लिम्बुकै निर्देशनमा रिहा गरेर घर पठाइएको छ । नियन्त्रणमा लिएका चन्दनलाई रिहा गरेर जिम्मेवार एसपीले सुरक्षा र स्वतन्त्रतामाथी प्रहार गरेर अपराधीलाई उन्मुक्ती दिएको छ । नेपाल पत्रकार महासँघ सिरहाले अपराधी संरक्षण गर्ने लिम्बुलाई कारवाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाले दोषीलाई कानुनी कारवाहीको माग गर्दै भदौ १४ गतेदेखि चरणबद्ध आन्दोलनको तयारीमा जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...