सिरहाको बिष्णुपुरमा गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन

  • मंसिर ५, २०७६
  • २७२ पटक पढिएको
  • राम पुकार यादव
alt


राम पुकार यादव÷ ५मंसिर, बिष्णुपुर सिरहा, ।
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बिष्णुपुरमा परियोजनाको परिचयात्मक तथा गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन गरिएको छ ।


बिहिबार बिष्णुपुर गाउँपालिका स्थित साना किसान सहकारी संस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि समुह गठन गरिएको हो । बिष्णुपुर गाउँपालिकाका समन्वय एवम प्रदेश नम्बर २ ईन्सेकको कार्यालय जनकपुरको आयोजनामा सम्पन्न गरिएको सो कार्यक्रममा जम्मा १३ सदस्यि समुह गठन गरेको हो ।

बिष्णुपुर गाउँपालिकाको पाँच वटै वडाहरु बाट महिला र पुरुषहरुको बृहत रुपमा भेला गरि गठन गरिएको सो गाउँपालिका स्तरिय मानव अधिकार समुहको अध्यक्षमा उमाकान्त साह र उपाध्यक्षमा ममता कुमारी यादव चयन भएको छ भने समुहको सचिवमा अमर प्रसाद यादव,कोषाध्यक्षमा फुलेश्वरी देवि यादव लगायत सदस्यहरुमा वविता मिश्रा,कारी पाशवान,सुक्रिता कुमारी यादव,रामकलि महरा,राम कुमारी यादव,सिता देवि महरा,जगविर साफि,शोभा कुमारी महतो र राम परि पाशवान रहेका छनhrk

कार्यक्रममा इन्सेक प्रदेश नम्बर २ को फोकल पर्सन तथा कार्यक्रम संयोजक जागेश्वर यादवले मानव अधिकार सम्बन्धि समुह गठनको उदेश्य माथि प्रकाश पारेका थिए भने वडा अध्क्षहरुले यस गाउँपालिका भित्र रहेको भिभिन्न बेथितिहरुको बारेमा औंल्याउदै पहल र समन्वय गरि मानविय बिकासको सवालमा अधारभुत आवश्यकताहरुलाई त्रुटी रहित बनाउने प्रतिवद्धता गरेका थिए ।IMG_20191121_145509

कार्यक्रममा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि अरुला देवि सिहंले नव गठित समुहका सबै पदाधिकारीहरु र सदस्यहरुलाई अबिर लगाउँदै सफल कार्यकालको शुभकामना व्यतm गरेकी थिईन ।


इन्सेक प्रदेश नम्बर २ का सयोंजक राजु पाशवानको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका वडा अध्यक्षहरु गोपिन्दर यादव,राम इश्वर यादव,राजकुमार यादव र इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज शशिकान्त झा लगायत समाजसेविहरुको उपस्थिति रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...