मदन भण्डारीलाई महासचिव बनाएको ठाउँमा एमालेको बैठक

  • भदौ १३, २०८०
  • ३९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । भदौ १२ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ मा हुन लागेको एमालेको सचिवालय बैठकको तयारी पूरा भएको छ । स्थानिय राईरैनी बस्तीको मदन स्मृति पार्कमा आयोजना हुन लागेको सचिवालय बैठकको लागि मंच ब्यबस्थापन ,व्यानर ,गेट लगायतको कार्यक्रम पूरा भएको एमाले सिराहाले जनाएको छ । करिब ३४ वर्ष अगाडि भूमिगत अवस्थाका समयमा पार्टीको चौथो महाधिवेशन सम्पन्न गरी पार्टीका प्रभावशाली नेता मदन भण्डारीलाई महासचिव बनाएको ठाउँको रुपमा रहेको उक्त ठाउँमा रहेको घरमा आज जिल्ला कमिटी लगायतको बैठक बस्दै पत्रकार सम्मेलन मार्फत सचिवालय बैठकको बारेमा जानकारी गराइएको थियो । विक्रमसंवत् २०४६ मा भदौ ९ देखि १४ गतेसम्म संचालित कम्निस्ट पार्टीको महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनाएको थियो । सचिवालय बैठक भदौ ९ गतेको लागि तय गरिएपनि अविरल वर्षाका कारण १३ गतेको लागि सारिएको हो । कार्यक्रम स्थलमा पुग्नका लागि बाटोघाटो सहज छैन भने अर्कोतिर मोबाइल नेटवर्क समेतको अभाव देखिएको छ । बैठकले सकारात्मक संदेश दिने भनिएता पनि एमाले पार्टीले पटक पटक सरकारको बागडोर सम्हालेता पनि हालसम्म मदन भण्डारीको हत्यारा र यस ठाउँमा हालसम्म विकाशले फडको नमार्नुलाई स्थानियले चिन्ताको विषय मानेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...