जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा

  • भदौ ८, २०८०
  • ३२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल, भदौ ८ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा डेङ्गु रोगको कारण धरान उप महानगरपालिका भित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको सुचना मार्फत जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी आज राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको हो । सुनसरी जिल्लामा १२ स्थानिय तहमा डेङ्गु रोग संक्रमण व्यापक रूपमा फैलिएर करिब १६,००० जना भन्दा बढी व्यक्तिहरू संक्रमित भएर १२ जनाको ज्यान समेत गएको अवस्थामा धरानको २० ओटा वाडामा झण्डै १५,००० जना संक्रमितको अवस्था रहेको बताउँदै स्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा जारी गरिएको बुझिएको छ । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । प्रदर्शन भड्किने सम्भावना समेत रहेको अवस्थामा धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाई गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गु सङ्क्रमण नियन्त्रणमा नआउन्जेल स्वास्थ्य आपतकालिन अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यस अघिनै सिफारिस गरेको र धरानमा भोलि धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...