जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा

  • भदौ ८, २०८०
  • १८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल, भदौ ८ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा डेङ्गु रोगको कारण धरान उप महानगरपालिका भित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको सुचना मार्फत जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी आज राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको हो । सुनसरी जिल्लामा १२ स्थानिय तहमा डेङ्गु रोग संक्रमण व्यापक रूपमा फैलिएर करिब १६,००० जना भन्दा बढी व्यक्तिहरू संक्रमित भएर १२ जनाको ज्यान समेत गएको अवस्थामा धरानको २० ओटा वाडामा झण्डै १५,००० जना संक्रमितको अवस्था रहेको बताउँदै स्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा जारी गरिएको बुझिएको छ । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । प्रदर्शन भड्किने सम्भावना समेत रहेको अवस्थामा धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाई गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गु सङ्क्रमण नियन्त्रणमा नआउन्जेल स्वास्थ्य आपतकालिन अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यस अघिनै सिफारिस गरेको र धरानमा भोलि धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...