धुमधामका साथ सोमबारी मेला

  • भदौ ५, २०८०
  • ११०१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । हरेक बर्ष साउन महिना सोमबारको दिन बर्सेनि लाग्ने सोमबारि मेला यश बर्ष पनि बिष्णुपुर स्थित भोला बाबा परिसरमा धुमधामको साथ लागेका छन । हरेक श्रावण बर्षाकालको साउन महिनामा लाग्ने यी सोमबारी मेला मलेमाशको कारण भदौ सम्म गएको हो । शंकर समर्पित मिथिलानी हिन्दु तराई मधेसकि नारै आईमाई महिला तथा युवतीहरुले बर्त बसि भगवान शिबलाई विशेष पुजा आर्चना गर्ने गर्छन । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो । साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ । साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन् । मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले सिरहाको विभिन्न पालिका गाउँ बस्ती मिथिला क्षेत्रमा जताततै हरियो चुराको बजार जमिएतापनी मलेमासको कारण बजार खसेको देखियो बिष्णुपुर चौक स्थित दिपक जेनरल तथा फेन्सी स्टोरका संचालक राम कुमारी यादवले बताईन । उहाँले , हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन् तरभन्ने यसपाली मलेमाशको कारण यश बाटै ब्यपारिहरुले गतिलो फाईदा लिन असफल रहेको जनाईन

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...