अबैध काठसहित दुई पक्राऊ

  • श्रावण ३१, २०८०
  • १२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा साउन ३० । प्रदेश नं १ को झापाबाट सखुवाको गोलिया काठ र ट्र्याक्टरसहित दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । मे-१ त-६५३८ नम्बरको ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्युविक फिट काठ बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगर स्थित रहेको ज्यामिरे सामुदायिक वनमा चोरी भइरहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राऊ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र ३६ वर्षीय धनाहाङ लिम्बू रहेका छन् । पक्राऊ गरिएको ट्र्याक्टरसहित सबैलाई आवश्यक कारबाहीको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...