अबैध काठसहित दुई पक्राऊ

  • साउन ३१, २०८०
  • २७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा साउन ३० । प्रदेश नं १ को झापाबाट सखुवाको गोलिया काठ र ट्र्याक्टरसहित दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । मे-१ त-६५३८ नम्बरको ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्युविक फिट काठ बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगर स्थित रहेको ज्यामिरे सामुदायिक वनमा चोरी भइरहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राऊ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र ३६ वर्षीय धनाहाङ लिम्बू रहेका छन् । पक्राऊ गरिएको ट्र्याक्टरसहित सबैलाई आवश्यक कारबाहीको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...