लहानमा दुर्घटना , एकको मृत्यु दुई घाइते

  • मंसिर ५, २०७६
  • १२१२ पटक पढिएको
  • संजय बिश्वकर्मा
alt

लहान ५ , मंसिर।
सिरहाको लहान वडा नम्बर- १२ फुलवाडी बजारमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नम्बर - ४ बस्ने करिब १५ बर्षिय सरोज यादव रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानबाट जनकपुर जाँदै गरेको ना १ ज ८३७५ नम्बरको विङगरले स ४ प ६०४५ नम्बरको मोटरसाइकललाई पछाडी बाट ठ्क्कर दिदा विङगरका सह- चालक यादवको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सबार लहान नगरपालिका वडा नम्बर - २२ टोल सिसवनी बस्ने महेश चौधरी र पनिलाल चौधरी घाइते भएको छ । घाइतेहरुको लहानमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको छ । मृत्यक यादवलाई परिवारको जिम्मा दिएको छ भने चालक लहान प्रहरीको नियन्त्रणमा रहेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...